2 years ago
June 9, 2023
एजेन्सी – उपाधिको प्रमुख दाबेदार श्रीलंकाले दुई सातापछि जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्ने बलियो टोली घोषणा गरेको छ । श्रीलंकाले युवा तीव्र गतिका बलर मथिशा पाथिरानासँगै अनुभवी ब्याटर दिमुथ करुणारत्नेलाई टोलीमा समेट्दै १५ सदस्य टोली घोषणा गरेको छ ।
दाशुन शानकाको कप्तानीमा घोषणा टोली सन्तुलित देखिएको छ । अनुभवी ब्याटर एन्जिलो म्याथ्युज भने विश्वकप छनोट टोलीमा पर्न सकेनन् । कुशल मेन्डिस, पाथुम निसांका, चरिथ असलंका र दिमुथ करुणारत्ने टोलीका प्रमुख ब्याटरको रुपमा छन् ।
बलिङ आक्रामणमा तीव्र गतिका बलरमा दुश्मन्था चामिरा, स्पिनरमा वानिन्दु हसरंगा र महेश थिक्सेनाको जोडी छन् । श्रीलंकाको टोलीमा अलराउन्डरको बाहुल्यता छ । चामिका करुणारत्ने, हसरंगा, शानका, धनन्जय डि सिल्भा जस्ता म्याच विनर अलराउन्डर छन् ।
श्रीलंका आइसिसी विश्वकप सुपर लिगमा १० औं स्थानमा रहेपछि सोझै विश्वकपमा स्थान बनाउन सकेको थिएन । श्रीलंकाले १३ जुनमा नेदरल्यान्ड्स र १५ जुनमा अमेरिकासँग वार्मअप खेल खेल्नेछ ।
प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म जिम्बाबेमा हुनेछ । श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान समूह बी मा छन् । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, वेस्टइन्डिज र जिम्बावे छन् ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । जसबाट शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् । श्रीलंकाले १९ जुनमा युएई, २३ जुनमा ओमान, २५ जुनमा आयरल्यान्ड, २७ जुनमा स्कटल्यान्डसँग खेल्नेछ ।
यस प्रतियोगितामा श्रीलंका र वेस्टइन्डिज उपाधिका प्रमुख दाबेदार टोलीको रुपमा रहेका छन् । प्रतियोगितामा सहभागी १० मध्य ९ टोलीले अन्तिम टोली घोषणा गरेका छन् । युएई टोली घोषणा गर्न बाँकी छ । वेस्टइन्डिजसँग तीन ओडिआई खेलको सिरिज शुक्रबार सकिने हुँदा त्यसपछि घोषणा गर्ने अनुमान गरिएको छ । नेपाल भने अन्तिम तयारीको लागि दक्षिण अफ्रिकामा छ ।
श्रीलंकाको टोली :
दाशुन शानका (कप्तान), कुशल मेन्डिस (विकेटकिपर तथा उपकप्तान), दिमुथ करुणारत्ने, पाथुम निसांका, चरिथ असलंका, धनन्जय डि सिल्भा, सदिरा समराविक्रमा, वानिन्दु हसरंगा, चामिका करुणात्ने, दुश्मन्था चामिरा, कसुन रजिथा, लाहिरु कुमारा, महेश थिक्सेना, मथिसा पाथिराना र दुशान हेमन्था ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]