2 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुदं) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई बिहीबार बेलुका दक्षिण अफ्रिका पुगेका छन् । भिसाको कारण भारतमा रोकिएका मोन्टी बिहीबार बिहाननै दक्षिण अफ्रिकातर्फ लागेका थिए ।
मोन्टी बिहीबार बेलुका ९ बजे दक्षिण अफ्रिका पुगेको विश्वकप छनोटको लागि टोलीमा रहेका क्रिकेट म्यानेजर श्री केसीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । उक्त खेल सकिएको केहि घण्टामा मोन्टी दक्षिण अफ्रिका पुग्दै टोलीसँग जोडिएका थिए । बुधबार साँझ मोन्टीको भिसा आएको थियो । बिहीबार बिहान ४ बजे नै मोन्टी भारतबाट दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेका थिए ।
मोन्टी एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेपछि बिदामा अमेरिका गएका थिए । उनले अमेरिकाबाट उनको भिसा रिजेक्ट भएको थियो । त्यसपछि उनी बुधबार भारत फर्किएका थिए ।
भारतबाट पुन भिसा प्रक्रिया गरेपनि केहि ढिलो गर्दा नेपाली टोलीसँगै जान पाएका थिएनन् । त्यसैले नेपाली टोली हालसम्म मुख्य प्रशिक्षक मोन्टी देशाई बिनानै प्रशिक्षण गर्नु परेको थियो । शुक्रबारदेखी मोन्टीले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।
दक्षिण अफ्रिकामा नेपालले शनिबार नेदरल्यान्ड्ससँग अन्तिम वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल आइतबार जिम्बावे जाने कार्यक्रम छ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ ।
प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]