default_image

2 years ago

June 8, 2023

अष्ट्रेलिया भारतमाथि हाबी

218 views

0 Bookmark


एजेन्सी – स्टिभ स्मिथ र ट्रविस हेडको सानदार शतकसँगै विशाल योगफल बनाएको अष्ट्रेलियाले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतविरुद्ध हाबी बनेको छ ।

दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङ ३८ ओभरमा १५१-५ को अवस्थामा छ । भारतका केएस भरत ५ र अजिंक्या रहाणे २९ रनमा क्रिजमा छन् । भारतका लागि यी दुई ब्याटर अन्तिम आशा हुन् । तर भारत पहिलो इनिङमा अझै ३ सय १८ रनले पछिछ ।

दोस्रो दिनको अन्तिम समयमा रविन्द्र जडेजा ५१ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । उनी स्पिनर नाथन लायनको बलमा स्टिभ स्मिथबाट क्याच आउट भए । खराब सुरुवात गरेको भारतलाई पाँचौं विकेटका लागि रहाणे र जडेजाले ७१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।

कप्तान प्याट कमिन्सले रोहित शर्मालाई छैटौं ओभरको अन्तिम बलमा १५ रनमा एलबीडब्लू आउट गरे । रोहितले २६ बलमा २ चौका प्रहार गरे । स्कट बोलान्डको बलमा शुभमन गिल १३ रनमा बोल्ड आउट भए ।

भारतका सर्वाधिक भरपर्दा ब्याटर चेतेश्वर पुजारा क्यामरन ग्रीनको बलमा १४ रनमै बोल्ड आउट हुन पुगे । मिचेल स्टार्कको बलमा विराट कोहली सेकेन्ड स्लिपमा स्मिथबाट १४ रनमा क्याच आउट भएपछि भारत ७१-४ को अवस्थामा पुगेको थियो ।

त्यसअघि इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया दोस्रो दिन दोस्रो सेसनमा ४ सय ६९ रनमा अल आउट भयो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६३ रनको योगदान दिए ।

हेड मोहम्मद शिराजको बलमा लेग साइडको बलमा एज लागेर विकेटकिपर के एस भरतबाट क्याच आउट भए । स्टिभ स्मिथ २ सय ६८ बलमा १९ चौकासहित १ सय २१ रनमा आउट भए । स्मिथ शार्दुल ठाकुरको बलमा बोल्ड आउट भए ।

चौथो विकेटका लागि स्मिथ र हेडले ४ सय ८ बलमा २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले विशाल योगफल तयार पारेको थियो ।

विकेटकिपर एलेक्स केरी ६९ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । उनी जडेजालाई छक्का हानेको अर्को बलमा रिभर स्वीप सट खेल्ने धुनमा एलबीडब्लू आउट भएका थिए । भारतले रिभ्यु लिँदै पेभेलिएन फर्काएको थियो । क्यामरन ग्रीन ६, मिचेल स्टार्क ९, प्याट कमिन्स र नाथन लायनले समान ९ रन बनाए ।

दोस्रो विकेटका लागि मार्नस लाबुसेन र डेविड वार्नरले ६९ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । पहिलो दिन भोजन अघि डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३ रनमा आउट हुन पुगेका थिए । वार्नर तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा एज लागेर विकेटकिपर भरतबाट नै समातिएका थिए ।

भोजन लगत्तै मार्नस लाबुसेन मोहम्मद शामीको बलमा २६ रनमा बोल्ड भएका थिए । भारतका मोहम्मद शिराजले सर्वाधिक चार विकेट लिए । मोहम्मद शामी र शार्दुल ठाकुरले समान दुई विकेट लिए ।

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

Success

Thank you for your time.