2 years ago
June 7, 2023
एजेन्सी – अष्ट्रेलिया मध्यक्रमका ब्याटर ट्रविस हेडले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतविरुद्ध ऐतिहासिक शतक प्रहार गरेका छन् । द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पहिलो दिन तेस्रो सेसन चलि रहँदा ६६ ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको छ ।
ट्रविस हेड १ सय ६ बलमा १४ चौका र १ छक्कासहित १ सय रनमा क्रिजमा छन् । हेड विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । पहिलो संस्करणको २०२१ को फाइनलमा भारतविरुद्ध न्युजिल्यान्डका डेभन कन्वेले ५४ र केन विलियम्सनले ५२ रन बनाएका थिए । फाइनलमा त्यो नै एक खेलाडीले बनाएको उच्च योगफल थियो ।
हेडको करिअरको छैटौं टेस्ट शतक हो । हेडले १ सय ६ बलमा शतक पूरा गरेका थिए । स्टिभ स्मिथ १ सय ५६ बलमा ७ चौकासहित ५३ रन बनाएका छन् ।
तीव्र गतिका बलर मोहम्मद शिराजले ओपनर उस्मान खवाजालाई शून्यमा पेभेलिएन फर्काएका थिए । उनी चौथो ओभरको चौथो बलमा एज लागेर विकेटकिपर केएस भरतबाट क्याच आउट हुन पुगे । दोस्रो विकेटका लागि मार्नस लाबुसेन र डेविड वार्नरले ६९ रनको साझेदारी गरेका थिए । पहिलो दिन भोजन अघि डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३ रनमा आउट भए ।
उनी शार्दुल ठाकुरको बलमा एज लागेर विकेटकिपरबाट क्याच आउट भए । भोजन लगत्तै मार्नस लाबुसेन मोहम्मद शामीको बलमा २६ रनमा बोल्ड भएपछि अष्ट्रेलिया ७६(३ को अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि स्मिथ र हेडले १ सय ६२ रनको अविजित साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]