2 years ago
June 7, 2023
एजेन्सी – तीव्र गतिका बलर दुश्मन्था चामिराको उत्कृष्ट बलिङसँगै अफगानिस्तानले तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकालाई १ सय १७ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २२.२ ओभरमा १ सय १६ रनमा अल आउट भयो ।
अफगानिस्तानका मोहम्मद नाबीले २३ बलमा २ चौकासहित सर्वाधिक २३ रनको योगदान दिए । उनी चामिराकै बलमा एलबीडब्लू आउट भएका थिए । लाहिरु कुमाराको दोस्रो ओभरको अन्तिम बलमा रहमानउल्लाह गुरबाज ८ रनमै क्याच आउट भए । त्यसपछि चामिराले पाँचौं ओभरमा रमात शाहलाई ७ र कप्तान हश्मातुल्लाह शाहिदीलाई ४ रनमा विकेटकिपर कुशल मेन्डिसबाट क्याच आउट गराएका थिए ।
इब्राहिम जद्रान २१ बलमा ४ चौकासहित २२ रनमा लाहिरु कुमाराको बलमा एलबीडब्लू आउट भएका थिए । अफगानिस्तानले लगातार विकेट गुमायो । कुनैपनि ब्याटरले क्रिजमा टिकेर रन जोड्न सकेनन् । गुलबदीन नाइब २१ बलमा ४ चौकासहित २०, राशिद खान २, मुजिब उर रहमान डक र फजलहक फारुकीले ४ रनमा आउट भए ।
श्रीलंकाका दुश्मन्था चामिराले ९ ओभरमा ६३ रन खर्चेर ४ विकेट लिए । वानिन्दु हसरंगाले ४.२ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए । लाहिरु कुमाराले २ र महेश थिक्सेनाले एक विकेट लिए । तीन खेलको सिरिज १-१ को अवस्थामा छ । पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी हुँदा दोस्रो खेलमा १ सय ३२ रनले पराजित भएको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]