2 years ago
June 7, 2023
एजेन्सी – घरेलु टोली युएईले दोस्रो ओडिआई खेलमा टेस्ट टोली वेस्टइन्डिजसँग प्रतिस्पर्धात्मक ७८ रनको हार व्यहोरेको छ । तीन ओडिआई खेलको सिरिज वेस्टइन्डिजले एक खेल अगावै जितेको छ ।
जितको लागि ३ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २८ रन बनायो । शारजाहको ४० डिग्रीको गर्मीमा युएईका ब्याटरले प्रतिस्पर्धा गरेका थिए । युएईका १९ वर्षीय युवा बायाँ हाते ब्याटर अली नासिरले ५३ बलमा ६ चौका र ३ छक्कासहित ५७ रनको इनिङ खेले ।
डेब्यूसहित दोस्रो खेलमा उनले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् । डेब्यू खेलमा उनले ५२ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाएका थिए । अलराउन्डर नासिरले विश्वकप छनोटमा स्थान बनाउने लगभग पक्कापक्की बनेको छ । उनले तीव्र गतिमा बलिङ गर्दै दुई विकेट पनि लिएका थिए । विश्वकप छनोट अघि युएईले एक उत्कृष्ट अलराउन्डर प्राप्त गरेको छ । यस सिरिजको उनी सबैभन्दा महत्वपूर्ण खोजी हुनेछन् ।
बासिल हामिद ८४ बलमा १ चौका र ३ छक्कासहित ४९ रनमा आउट भए । युएईका भरपर्दा युवा ब्याटर वृत्य अरविन्द ५२ बलमा ५ चौकासहित ३६, मोहम्मद वासिम ६, अर्यांश शर्मा २०, लवप्रीत सिंह ६, आसिफ खान ४ र आयन खानले २५ रन बनाए । वेस्टइन्डिजका रोस्टन चेश र कविम होड्गेले समान दुई विकेट लिए ।
त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४९.५ ओभरमा ३ सय ६ रनमा अल आउट भएको थियो । ओपनर जोनसन चाल्र्सले ४७ बलमा ८ चौका र ३ छक्कासहित ६३ रन बनाए । उनीनै खेलको प्लेयर अफ द म्याच चुनिए ।
ओपनर ब्रेंन्डन किंले ७० बलमा ४ चौका र ४ छक्कासहित ६४ रन बनाए । वेस्टइन्डिजलाई ओपनर ब्रेन्डन किंग र चाल्र्सले पहिलो विकेटका लागि १७ ओभरमा १ सय २९ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएका थिए ।
अली नासिरको बलमा वैकल्पिक युवा फिल्डिर डी सोल्झाबाट उत्कृष्ट क्याच गराउँदै चाल्र्सलाई पेभेलिएन फर्काएपछि युएई खेलमा फर्किएको थियो । शमाह्र ब्रुक्स २०, केसी कार्टी ३२, रोस्टन चेश ७, शाईहोप २३, कविम २६ र ओडेन स्मिथ ३७ रन बनाए ।
युएईका जहूर खानले ९.५ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । सन्चित शर्मा, आयन खान र अली नासिरले समान दुई विकेट लिए । पहिलो खेलमा ७ विकेटले पराजित भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]