2 years ago
June 4, 2023
एजेन्सी – घरेलु टोली श्रीलंकाले दोस्रो ओडिआई खेलमा अफगानिस्तानमाथि १ सय ३२ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।
जितको लागि ३ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४२.१ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले ६२ बलमा ६ चौकासहित सर्वाधिक ५७ रन बनाउन सके ।
त्यस्तै ओपनर इब्राहिम जद्रानले ७५ बलमा २ चौका र २ छक्कासहित ५४ तथा आजमतुल्लाह ओमरजाईले ३१ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाउँदै आउट भए ।
पहिलो खेलमा पराजित भएपछि श्रीलंकाले आफ्ना प्रमुख बलर मैदान उतार्दा अफगानिस्तानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । रहमात शाह ४२ बलमा ३ चौकासहित ३६, रहमानउल्लाह गुरबाज, नाजिबउल्लाह जद्रान र मोहम्मद नाबी समान २ रनमा आउट भए ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ९ ओभरमा २ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । धनन्जय डि सिल्भाले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर दुश्मन्था चामिराले ७ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । महेश थिक्सेना र दासुन शानकाले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । श्रीलंकाको जितमा शीर्षक्रमका युवा ब्याटर कुशल मेन्डिसले ७५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए ।
उनी तीव्र गतिका बलर फरिद अहमदको बलमा विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच आउट हुँदै पेभेलिएन फर्केका थिए । त्यस्तै दिमुथ करुणारत्ने ६२ बलमा ७ चौकासहित ५२ रनमा आउट भए ।
श्रीलंकालाई ओपनर पाथुम निसंका र करुणारत्नेले १५.५ ओभरमा ८२ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । निसांका ५६ बलमा ६ चौकासहित ४३ रनमा मोहम्मद नाबीको बलमा एलबीडब्लू आउट भए । सदिरा समाराविक्रमा ४६ बलमा ५ चौकासहित ४४, चरिथ असलंका ६ र दासुन शानका २३ रनमा आउट भए ।
वानिन्दु हसरंगा १२ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नटआउट रहे । धनन्जय डि सिल्भा २४ बलमा १ चौका र १ छक्कासहित २९ रनमा नटआउट रहे ।
अफगानिस्तानका मोहम्मद नाबी र फरिद अहमदले समान दुई विकेट लिए । मुजिब उर रहमान र नूर अहमदले समान एक विकेट लिए । तेस्रो खेल बुधबार हुनेछ । श्रीलंकाले तीन सातापछि जिम्बावेमा हुने विश्वकप छनोटको तयारी स्वरुप अफगानिस्तानसँग सिरिज खेलेको हो ।
पहिलो खेलमा भने ६ विकेटले पराजित भएकोे थियो । पहिलो खेलमा विश्राम दिएका दुश्मन्था चामिरा, वानिन्दु हसरंगा र महेश थिक्सेनालाई यस खेलमा मैदान उतारेको थियो । मथिसा पाथिराना, लाहिरु कुमारा र दुशान हेमान्थालाई बेन्चमा राखेको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]