default_image

1 year ago

June 4, 2023

अफगानिस्तानलाई श्रीलंकाको विशाल लक्ष्य

107 views

0 Bookmark

एजेन्सी – कुशल मेन्डिस र दिमुथ करुणारत्नेको अर्धशतकमा श्रीलंकाले दोस्रो ओडिआई खेलमा अफगानिस्तानलाई ३ सय २४ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनायो ।

श्रीलंकाका कुशल मेन्डिसले ७५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए । उनी तीव्र गतिका बलर फरिद अहमदको बलमा विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच आउट हुँदै पेभेलिएन फर्केका थिए । त्यस्तै दिमुथ करुणारत्ने ६२ बलमा ७ चौकासहित ५२ रनमा आउट भए ।

श्रीलंकालाई ओपनर पाथुम निसंका र करुणारत्नेले १५.५ ओभरमा ८२ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । निसांका ५६ बलमा ६ चौकासहित ४३ रनमा मोहम्मद नाबीको बलमा एलबीडब्लू आउट भए ।

सदिरा समाराविक्रमा ४६ बलमा ५ चौकासहित ४४, चरिथ असलंका ६ र दासुन शानका २३ रनमा आउट भए । वानिन्दु हसरंगा १२ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नटआउट रहे । धनन्जय डि सिल्भा २४ बलमा १ चौका र १ छक्कासहित २९ रनमा नटआउट रहे ।

अफगानिस्तानका मोहम्मद नाबीले १० ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । फरिद अहमदले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमान र नूर अहमदले समान एक विकेट लिए । तीन खेलको सिरिजमा अफगानिस्तान १(० ले अघि छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.