default_image

1 year ago

June 3, 2023

मलेसियालाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्दु बर्मा र विन्दु रावलको महत्वपूर्ण साझेदारीपछि नेपालले चौथो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियालाई ९७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनायो ।


नेपालको लागी इन्दु बर्माले ३१ बलमा ३ चौकासहित सर्वाधिक ३२ रनको योगदान दिइन् । विन्दु रावल २६ बलमा १ चौकासहित २४ रनमा रन आउट भइन् । एक समय १०.४ ओभरमा ३३-५ को दयनीय अवस्थामा पुगेको नेपाललाई विन्दु रावल र इन्दु बर्माले छैटौं विकेटका लागि ३५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपालको सुरुवात नै निकै सुस्त र खराब रह्यो । ओपनर काजोल श्रेष्ठ विनीफ्रेड आनीको बलमा अब्दुलबाट क्याच आउट भइन् । उनले १३ बलमा ६ रन बनाइन् । उनी आउट हुँदा नेपाल ४.२ ओभरमा १०-१ को अवस्थामा थियो । लगत्तै अर्को ओभरमा ज्योति पाण्डे ६ बल खेल्दै १ रनमा रन आउट भइन् ।

नेपाल ५.२ ओभरमा ११–२ को अवस्थामा पुगेको थियो । विनीफ्रेडकै बलमा सीता महिराह इजातीबाट १६ बल खेल्दै ५ रनमा क्याच भएपछि नेपाल ६.१ ओभरमा १३-३ को अवस्थामा पुगेको थियो । कप्तान रुविना क्षेत्री बेलबासे ७ बल खेल्दै शून्यमा पेभेलिएन फर्केपछि नेपाल ७.५ ओभरमा १८-४ को अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि इन्दु बर्मा र सम्झना खड्काले १५ रनको साझेदारी गरेका थिए । सम्झना एश्या एलिसाको बलमा ८ रनमा एलबीडब्लू आउट भइन् ।

कविता जोशी १३ बलमा १२ रनमा नटआउट रहिन् । मलेसियाकी विनीफ्रेड आनीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । महिराह इजाती इस्माली र एशया एलिसाले समान एक विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल २(१ ले अघि छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.