default_image

2 years ago

June 3, 2023

नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चौथो महिला टि२० आई खेलमा मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले तेस्रो खेलबाट टोलीमा एक परिवर्तन गरेको छ ।

तीव्र गतिकी बलर आश्मिना कर्माचार्यको स्थानमा अप्सरी बेगमलाई मौका दिएकोछ। नेपालले आजपनि ओपनर काजोल श्रेष्ठ, ज्योति पाण्डे, सीता रानामगर र विन्दु रावल गरि चार प्रमुख ओपनर खेलाएको छ । नेपालको ओपनिङ भने कविता कुँवर र सीताले गर्दै आएका छन् ।

चार प्रमुख ओपनरलाई निरन्तरता दिँदा अश्मिनालाई भने बेन्चमा राखेको छ । नेपालले अश्मिना, कृतिका मरासिनी र सरस्वती चौधरीलाई बेन्चमा राखेको छ । पाँच खेलको सिरिजमा नेपाल २-१ ले अघि छ । पहिलो खेल गुमाएपनि त्यसपछि लगातार दुई जितका साथ नेपालले पूनरागमन गरेको थियो ।

नेपाल आजको खेलमा जितका साथ एक खेल अगावै सिरिज जित्न चाहन्छ । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । अन्तिम खेल आइतबार हुनेछ ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अप्सरी बेगम, विन्दु रावल, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विषट र ज्याति पाण्डे ।

बेन्च : कृतिका मरासिनी, अश्मिना कर्माचार्य र सरस्वती कुमारी चौधरी ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.