default_image

1 year ago

June 3, 2023

नेपालको समूहमा रहेको जिम्बावेको विश्वकप छनोट खेल्ने टोली घोषणा

138 views

0 Bookmark

एजेन्सी – तीन सातापछि घरेलु मैदानमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि जिम्बावेले आफ्नो १५ सदस्य टोली घोषणा गरेकोछ । समूह ए मा नेपालसँगै रहेको जिम्बावेले पाकिस्तानको ए टोलीसँग ६ खेलको अभ्यासपछि उक्त टोली घोषणा गरेको हो ।

पाकिस्तान ए विरुद्ध राम्रो प्रदर्शन गरेका २७ वर्षीय विकेटकिपर जोयलोड गम्बीलाई पहिलो पटक टोलीमा बोलाएको छ । ओपनर गम्बीले पाकिस्तान ए विरुद्ध चौथो खेलमा १ सय ११ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

जिम्बावेको टोलीमा सिकन्दर राजा, क्रेग इर्विन र सेन विलियम्स जस्ता अनुभवी खेलाडी छन् । कप्तान क्रेग इर्विनले पाकिस्तान ए विरुद्ध १ सय ९५ र १ सय ६१ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

उनीसँग जिम्बावेबाट १ सय १० खेल ओडिआई खेलेको अनुभव छ । त्यस्तै सेन विलियम्सले १ सय ४९ औं ओडिआई खेलमा ४ हजार ३ सय ३८ रन बनाएका छन् । यी दुई अनुभवी खेलाडीले जिम्बावेको ब्याटिङ युनिट मजबुत हुनेछ ।

पछिल्लो समय लगातार सानदार प्रदर्शन गर्दै आएका सिकन्दर राजा टोलीका प्रमुख बलर हुन् । उच्च लयमा रहेका अनुभवी बलर चतरा टेन्डाई पनि टोलीमा छन् । युवा स्टार ब्लेसिङ मुर्जाबानी र टेन्दाई जिम्बावेमा प्रमुख बलर हुन् । नेपालमा टि२० लिग खेलि सकेका राजा र रयान बर्ल टोलीका प्रमुख अलराउन्डर हुन् ।

प्रतियोगिता १८ जुन देखि ९ जुलाईसम्म हुनेछ । नेपाल, जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् ।

जिम्बावेले १८ जुनमा नेपालसँग खेल्दै सुरुवात गर्नेछ । २० जुनमा नेदरल्यान्ड्सँग खेल्नेछ । २४ जुनमा वेस्टइन्डिजसँग खेल्नेछ । वेस्टइन्डिजसँगको खेल जिम्बावेलाई निकै महत्वपूर्ण हुने देखिन्छ ।

२६ जुनमा अमेरिकासँग अन्तिम खेल खेल्नेछ । शीर्ष तीनमा स्थान बनाउन सके सुपर सिक्समा पुग्नेछ । सुपर सिक्समा बी बाट आउने शीर्ष तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । त्यसपछि शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् । युएई र श्रीलंका बाहेक अन्य ८ टोलीले विश्कप छनोट खेल्ने अन्तिम टोली घोषणा गरि सकेका छन् ।

जिम्बावेको टोली :

रयान बर्ल, टेन्दाई चतरा, क्रेग इर्विन (कप्तान), ब्राड्ली इभान्स, जोयलोड गम्बी, ल्यूक जाेंगवे, इनोसेन्ट कैया, क्लाइभ माडांडे, वेस्ली मधेभेरे, वेलिंग्टन मककड्जा, तडिवानासे मरुमणि, ब्लेसिङ मुर्जाबानी, रिचर्ड नगराव, सिकन्दर राजा र सेन विलियम्स ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.