default_image

1 year ago

June 2, 2023

२४ खेलाडी नेपालको यू-१६ टोलीको बन्द प्रशिक्षणमा

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट सघं(क्यान) ले यसै महिना अन्तिममा मलेसियामा हुने एसिसी यू१६ पूर्व क्षेत्रिय प्रतियोगिताको लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रतियोगिता २४ जुनदेखि मलेसियामा सुरु हुनेछ ।

बागमतीबाट यू-१९ घरेलु क्रिकेछ खेलि सकेका सूर्यांशु कोइराला, सार्थक धिताल, गण्डकी प्रदेशका सोहेल कुँवर, सिब्रिन श्रेष्ठ लगायतका खेलाडी छन् । अघिल्लो महिना धनगढीमा सम्पन्न यू१६ राष्ट्रिय प्रतियोगिता प्रदर्शनलाई आधार मान्दै २४ खेलाडी प्रशिक्षणमा बोलाएको छ ।

कोरोना महामारीपछि नेपाली यू-१६ टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछ । यू१६ टोलीको मुख्य प्रशिक्षक टुङ्गो लाग्न बाँकी रहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदलाई जानकारी दिए ।

यू१६ को लागि विदेशी प्रशिक्षक ल्याउने छलफल पनि भएको छ । तर विदेशी भएको खण्डमा दीपेन्द्र बहादुर चन्दको सम्भावना छ । प्रशिक्षण आइतबार देखि सुरु हुनेछ, पाठकले हाम्रो खेलकुदसँग भने ।

प्रशिक्षणमा बोलाइएको नेपालको यू१६ टोली :

दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, एलिस मण्डल, आषिश गाहा मगर, पप्पु यादव, निरज यादव, अभिषेक तिवारी, रोशन शाह, सूर्यांशु कोइराला, रोशन बिक, सार्थक धिताल, अथर्व पौडेल, सोहेल कुँवर, सिब्रिन श्रेष्ठ, विज्ञान पाण्डे, सन्तोष यादव, सागर गैरे, प्रतिक भट्टाई, नरेन भट्ट, अशोक धामी, भुपेश जोशी, आशिष लुहार र सचिन मल्ल ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.