default_image

2 years ago

June 2, 2023

असलंका चल्दा अफगानिस्तानलाई प्रतिस्पर्धात्मक लक्ष्य

200 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका बायाँ हाते ब्याटर चरिथ असलंकाको उत्कृष्ट ब्याटिङमा श्रीलंकाले पहिलो ओडिआई खेलमा अफगानिस्तानलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका निर्धारित ५० ओभरमा २ सय ६८ रनमा अल आउट भयो । श्रीलंकाका चरिथ असलांका ९५ बलमा १२ चौकासहित ९१ रनमा रन आउट भए । अन्तिम ओभरको पहिलो बलमा रन आउट भएपछि उनी ओडिआई करिअरको दोस्रो शतक बनाउन ९ रनले चुकेका थिए ।

धनन्जय डि सिल्भा ५९ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । पाँचौं विकेटका लागि चरिथ र डी सिल्भाले १ सय ८ बलमा ९९ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर फजलहक फारुकीको बलमा अनुभवी ओपनर दिमुथ करुणारत्ने ४ रनमै एज लागेर रहमात शाहबाट क्याच आउट भएका थिए ।

लामो समयपछि ओडिआई टोलीमा फर्किएका दिमुथको सुरुवात राम्रो हुन सकेन । फारुहकीकै बलमा स्क्वायर लेगमा कुशल मेन्डिस शाहबाट ११ रनमा क्याच आउट भएका थिए । एन्जिलो म्याथ्युज १२ र दासुन शनाका १७ रनमा आउट भए । डेब्यू खेल खेलेका दासुन हेमान्था २० बलमा १ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।

अफगानिस्तानका फजलहक फारुकीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । फरिद अहमदले ८ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । आजमतुल्लाह ओमरजाई, मुजिब उर रहमान, नूर अहमद र मोहम्मद नाबीले समान एक विकेट लिए ।

February 5, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

Success

Thank you for your time.