default_image

2 years ago

June 2, 2023

पाथिरानाको अफगानिस्तानविरुद्ध डेब्यू

250 views

0 Bookmark

एजेन्सी – श्रीलंका युवा तीव्र गतिका बलर मथिशा पाथिराना (बेबी मलिङ्गा) ले अफगानिस्तानविरुद्ध ओडिआई क्रिकेट टोलीमा डेब्यू गरेका छन् । श्रीलंकाले अफगानिस्तानसँगको खेल अघि पाथिराना र स्पिनर दासुन हेमन्थालाई डेब्यू दिएको छ ।

पाथिराना श्रीलंकाको ओडिआई टोलीमा डेब्यू गर्ने २ सय ९ औं खेलाडी हुन् । उनलाई कप्तान दासुन शानकाले डेब्यू क्याप दिएका हुन् । चेन्नई सुपर किंग्सलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका पाथिराना बेबी मलिङ्गाको रुपमा चर्चित छन् ।

श्रीलंका पूर्व महान् तीव्र गतिका बलर मलिङ्गा र उनको बलिङ एश्सन मिल्ने गर्दछ । उनी योर्करका लागि चर्चित छन् । आइपिएलमा डेथ ओभरमा सानदार प्रदर्शन गरेका थिए ।

२० वर्षीय पाथिरानाले गतवर्ष अफगानिस्तानविरुद्ध नै टि२० आईमा डेब्यू गरेका थिए । श्रीलंका यू-१९ टोलीबाट खेलि सकेका छन् । उनले यस सिजनको आइपिएलमा १२ खेलमा १९ विकेट लिएका थिए ।

श्रीलंकाले तीन सातापछि जिम्बावेमा हुने विश्वकप छनोट अघि अफगानिस्तानसँग तीन खेलको ओडिआई सिरिज खेल्न लागेको हो । सुरुवाती दुई खेल राशिद खानले चोटका कारण गुमाउने छन् । खेल बिहान १०ः १५ मा सुरुहुनेछ ।

श्रीलंका विश्वकप छनोटमा समूह बी मा छ । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । समूह ए मा नेपाल, जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् । श्रीलंका उपाधिको प्रमुख दाबेदार टोली हो ।

February 2, 2025

नेपाल लगातार तेस्रो खेलमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी व्यक्तिगत उत्कृष्ट बलिङ बाबजुत नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ । नेपालले सिरिजमा लगातार तेस्रो खेलमा हार बेहोर्ने क्रममा आइतवार नेदरल्याण्ड्ससँग १५ रनले पराजित भयो । नेपालले बिहीवार पनि नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो । आज १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै […]

February 2, 2025

सिताको कीर्तिमानी बलिङमा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी बलिङको सहयोगमा महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबाट प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । नेपालले नेदरल्याण्ड्सबाट १ सय ४१ रनको लक्ष्य पाएको हो । कीर्तिपुरमा रहेको टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० […]

February 2, 2025

भीमको अर्धशतकमा अत्तरीयाको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको अर्धशतकमा सिवाईसी अत्तरियाले अर्जुन ट्रफीमा विजयी सुरुवात गरेको छ । अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमी बैतडीलाई २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । दशरथका लागि हिमाल दुलियाले सर्वाधिक ३९ रन जोडे । उनले ३३ बलमा १ चौका र ३ छक्का […]

Success

Thank you for your time.