2 years ago
June 2, 2023
एजेन्सी – नामिबियाले भारतीय चर्चित रणजी ट्रफी टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास खेलको सिरिज खेल्दैछ । नामिबिया र कर्नाटकबीच आज पहिलो खेल हुँदैछ । खेल नामिबियाको घरेलु मैदान विंडहोकमा दिउँसो दिउँसो १ ः १५ देखि सुरु हुनेछ ।
नामिबिया अघिल्लो महिना आइसिसी विश्वकप प्लेअफ क्वालिफायरमा तेस्रो स्थानमा रहेपछि विश्वकप छनोट खेल्ने अवसर गुमाएको थियो । उक्त प्रतियोगिताबाट अमेरिका र युएईले तीन सातापछि जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएका थिए । जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउन नसकेपनि नामिबियाले आफ्नो खेलाडीलाई ब्यस्त राख्न भारतीय रणजी ट्रफी टोलीसँग सिरिज खेल्न थालेको हो ।
कर्नाटकको टोलीमा यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरबाट राम्रो प्रभाव छाडेका विजयकुमार वैश्यक लगायतका चर्चित खेलाडी छन् । भारतीय ए र हैदराबादबाट आइपिएल खेलि सकेका रविकुमार सामर्थ पनि टोलीमा छन् । रविकुमारले ७९ प्रथम श्रेणी खेलमा १३ शतकसहित ५ हजार बढी रन बनाएका छन् । कर्नाटकले यू१९ का केहि खेलाडीलाई मौका दिएको छ ।
कर्नाटकले मयंक अग्रवाल, देवदत्त पाडिक्कल र मनिष पान्डेलाई भने नामिबिया भ्रमणमा पठाएको छैन । कर्नाटक र नामिबियाबीच दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ । नामिबियाले पनि केहि युवा खेलाडीलाई मौका दिएको छ ।
कर्नाटकको टोली :
रविकुमार सामर्थ, विजयकुमार वैश्यक, कृष्णमुर्ती सिद्धार्थ, निकिन जोन्स, कृष्ण बिडारे, कुर्थिक कृष्ण,शुभांग हेगडे, विद्धार्थ कावेरप्पा, ऋषि बोपना, चेतन एलआर, अनिश्वर गौतम, आदित्य गोपाल र लोचन अप्पन्ना ।
नामिबियाको टोली :
जेरार्ड इरास्मस(कप्तान), स्टेफन ब्राड, जान फ्रिलिंक, जेन ग्रीन, बेनार्ड श्कोल्ट्ज, माइकल भान लिंगेन, पिक्की या फ्रान्स, मिचौ डु प्रीज, जेरार्ड जेन्सी भान रेन्सबर्ग, टांगी नुमोमा, बेन शिकोंगो, कार्ल ब्रिकेनस्टोक, शन फुन्चे, निको डेविड र ह्यान्डरे क्लाजिङ्गा
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]