default_image

1 year ago

May 29, 2023

आइपिएल फाइनल : दुई जीवनदान पाएका गिल आउट

107 views

0 Bookmark

एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्सविरुद्ध राम्रो ब्याटिङ गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले ८ ओभरमा १ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।

गिल २० बलमा ७ चौकासहित ३९ रनमा आउट भए । ऋद्धिमान शाह २५ बलमा २ चौका र १ छक्कासहित ३१ र साई सुदर्शन २ रनमा क्रिजमा साथ दिनेछन् । गिलले यस सिजनमा १७ खेलमा ३ शतक र ४ अर्धशतकसहित कुल ८ सय ९० रन बनाउँदै ओरेन्ज क्याप जित्ने पक्का भएको छ।

गुजरातका प्रमुख ब्याटर शुभमन गिलले दोस्रो ओभरमै ठूलो जीवनदान पाए । तुषार देशपान्डेको दोस्रो ओभरको चौथो बलमा दीपक चाहरले ब्यक्तिगत तीन रनमा ब्याकवार्ड स्क्वायरमा सहज क्याच छाडेका थिए ।

गिलले पुन १७ रनमा जीवनदान पाएका थिए । दीपक चाहर पाँचौं ओभरको पहिलो बलमा गिललाई कट एन्ड बोल्ड आउट गर्ने अवसर गुमाएका थिए । सातौं ओभरको दोस्रो बलमा जडेजाले गिललाई ३६ रनमा रन आउट गर्ने अवसर चुकाएका थिए । गुजरातले पहिलो पावर प्लेमा ६२ रन जोडेको थियो ।

गिल जडेजाको सातौं ओभरको अन्तिम बलमा धोनीबाट स्टम्पिङ आउट भए । जडेजाको बल मिस भएपछि धोनीले उत्कृष्ट स्टम्पिङका साथ पहिलो विकेट चेन्नईलाई दिलाएका हुन् । पहिलो विकेटका लागि गिल र ऋद्धिमान शाहले ७ ओभरमा ६७ रनको साझेदारी गरेका थिए ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.