2 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङ प्रदर्शनसँगै नेपाल महिला टि२० आई खेलमा पहिलो पटक मलेसियासँग पराजित भएको छ । मलेसियाले पहिलो महिला टि२० आई खेलमा नेपाललाई ५ विकेटले हराउँदै पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।
नेपालले यसअघि मलेसियासँग महिला टि२० आईमा तीन खेल खेल्दा सबैमा जित निकालेको थियो । जितको लागि ५१ रनको सामान्य विजयी लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले २२ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । आइना हामिजाह हशिम १५ बलमा २ चौकासहित १२ रनमा नट आउट रहिन् ।
नेपालकी सीता रानामगरले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटङको निम्तो पाएको नेपाल १६.५ ओभरमा ५० रनमा अल आउट भएको थियो । यो महिला टि२० आईमा नेपालको संयुक्त रुपमा कम योगफल हो । यसअघि नेपालको महिला टि२० आईमा सबैभन्दा कम योगफल २०१९ मा १३ औं सागमा नेपाल बंगलादेशसँग ५० रनमै अल आउट भएको थियो । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको तर्फबाट डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । नेपालले अन्तिम ९ रन बनाउँदा ७ विकेट गुमाएपछि ५० रनमै अल आउट भएको हो । नेपाल एक समय ४१-३ को अवस्थाबाट ५० रनमा सबै विकेट गुमाएको थियो ।
मलेसियाकी तीव्र गतिकी बलर ऐश्या एलिसाले दोस्रो ओभरको पाँचौं बलमा ओपनर सीता रानामगरलाई शून्यमा पेभेलिएन फर्काइन् । उनी आउट साइड एज लागेर विकेटकिपर वान जुलियाबाट क्याच हुँदै पेभेलिएन फर्केकी थिइन्। अर्को ओभरको पहिलो बलमा आइना हामिजाहले काजोल श्रेष्ठलाई मास एलिसाबाट ६ रनमा क्याच गराइन् । काजोलले ११ बलमा एक चौका प्रहार गरिन् ।
एलिसाले इन्दु बर्मालाई ३ रनमा बोल्ड गरेपछि नेपाल ३.३ ओभरमा १२-३ को अवस्थामा पुगेको थियो । चौथो विकेटमा ज्योति पाण्डे र सम्झना खड्काले २९ रनको साझेदारी गर्दै खेलमा फर्काउने सम्भावना देखाएका थिए । एक समय नेपाल ८.३ ओभरमा ४१(३ को अवस्थामा थियो । तर निक नुर अतिलाले ज्योतिलाई ११ रनमा क्याच आउट गराएपछि नेपालले लगातार विकेट गुमाएको थियो । ज्योतिले १७ बलमा २ चौका प्रहार गरिन् ।
निक नुरकै बलमा आइना नजावा अब्दुलले कप्तान रुविना क्षेत्री बेलबासेको सानदार क्याच लिएपछि नेपाल संकटमा परेको थियो । रुविना १० बलमा २ रन बनाइन् । सम्झना खड्का २५ बलमा १ चौकासहित १३ रनमा रन आउट भइन् ।
अश्मिना कर्माचार्य तीन, कजिता जोशी १, कविता कुँवर र अप्सरी बेगम डक आउट भए । मलेसियाकी निक नुर डीनले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । ऐश्या एलिसा २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् ।
हमिजाहले ३.५ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । महिराह इश्लामीले ४ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् । नेपालले दोस्रो खेल भोली खेल्नेछ । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।
नेपालको टोली :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]