default_image

1 year ago

May 29, 2023

नेपालको कमजोर सुरुवात

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँगको पहिलो महिला टि२० आई खेलमा खराब सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटङको निम्तो पाएको भ्रमण टोली नेपालले ५ ओभरमा ३ विकेट गुमाउँदै १९ रन बनाएको छ । नेपालको क्रिजमा डेब्यू खेल खेलेकी सम्झना खड्का ५ र ज्योति पाण्डे शून्यमा क्रिजमा छन् ।

नेपालले सुरुवातमै शीर्ष तीन ब्याटरलाई गुमाएपछि कमजोर सुरुवात गरेको हो । तीव्र गतिकी बलर ऐश्या एलिसाले दोस्रो ओभरको पाँचौं बलमा ओपनर सीता रानामगरलाई शून्यमा पेभेलिएन फर्काइन् ।

उनी आउट साइड एज लागेर विकेटकिपर वान जुलियाबाट क्याच आउट भएकी थिइन् । अर्को ओभरको पहिलो बलमा आइना हामिजाहले अर्की ओपनर काजोल श्रेष्ठलाई मास एलिसाबाट ६ रनमा क्याच गराइन् । काजोलले ११ बलमा एक चौका प्रहार गरिन् ।

एलिसाले इन्दु बर्मालाई ३ रनमा बोल्ड गरेपछि नेपाल ३.३ ओभरमा १२(३ को अवस्थामा पुगेको थियो । नेपालले यस खेलमा सम्झना खड्का र कृतिका मरासिनीलाई डेब्यू दिएको छ । खेल पाँच महिला टि२० आईको हुनेछ ।

नेपालको प्लेइङ ११ : अप्सरी बेगम, अश्मिना कर्माचार्य, ईन्दु बर्मा, ज्योति पान्डे, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, कृतिका मरासिनी, रुविना क्षेत्री, सम्झना खड्का, सीता रानामगर ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.