2 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो महिला टि२० आई खेलमा रेलु टोली मलेसियासँग टस हारेको छ । घरेलु टोली मलेसियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपालले केहि समयमा ब्याटिङ गर्नेछ ।
नेपालले आजको खेलमा सम्झना खड्का र कृतिका मरासिनीलाई डेब्यू दिएको छ । कृतिका स्पिनर हुन् । नेपालको लागि उनले यू१९ मा कप्तानी गरि सकेकी छिन् । लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रदर्शन गर्दै आएकी छिन् ।
सूदुरबाट घरेलु क्रिकेट खेल्ने सम्झना ब्याटर हुन् । पाँच महिला टि२० आई खेलको सिरिजमा नेपाल घरेलु टोली मलेसियाविरुद्ध सानदार प्रदर्शनका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ । नेपाल र मलेसियाबीच तीन महिला टि२० आई खेल भएको छ । जसमा सबै खेल नेपालले जितेको छ ।
नेपालको प्लेइङ ११ :
अप्सरी बेगम, अश्मिना कर्माचार्य, ईन्दु बर्मा, ज्योति पान्डे, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, कृतिका मरासिनी, रुविना क्षेत्री, सम्झना खड्का, सीता रानामगर ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]