2 years ago
May 28, 2023
एजेन्सी – वर्षाको कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार निर्धारित समयमा ७ः ४५ मा गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशाला अहमदाबादमा सुरु हुनुपर्ने थियो ।
टस ७ : १५ मा हुनुपर्ने थियो । तर रंगशालामा निरन्तर वर्षाको कारण खेल प्रभावित बनेको छ । केहि समय वर्षा रोकिएपनि पुन वर्षा भएपछि खेल ढिलो सुरु हुने र ओभर घट्ने देखिएको छ ।
यदि ९ : ५० भित्र खेल सुरु भएमा ओभर घट्ने छैन । खेलको कट अफ टाइम १२: २१ हुँदा उक्त समय सम्म खेल सुरु भएमा ५-५ ओभरको हुनेछ । यदि उक्त समयमा पनि खेल हुन नसके सुपर ओभर हुनेछ । चेन्नई पाँचौं पटक र गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् ।
विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान धोनीको सम्भव त यो आइपिएल अन्तिम खेल हुने हुँदा चेन्नई उपाधिका साथ बिदा गर्न चाहन्छ । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातको परिक्षा हुनेछ ।
चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा भेट पक्का गरेको हो । आइपिएलमा चेन्नई र गुजरातबीच चार खेल भएका छन् । जसमा चेन्नई एक र गुजरात तीन खेलमा विजयी भएका छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]