default_image

2 years ago

May 27, 2023

गिलको सानदार शतकसँगै मुम्बईलाई हराउँदै गुजरात फाइनलमा

235 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर शुभमन गिलको सानदार शतक र मोहित शर्माको घातक बलिङसँगै साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को फाइनलमा पुगेको छ । गुजरातले दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नई सुपर किंग्ससँग भेट पक्का गरेको हो ।

जितको लागि २ सय ३४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई १८.२ ओभरमा १ सय ७१ रनमा अल आउट भयो । मुम्बईका सूर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै तिलक बर्मा १४ बलमा ५ चौका र ३ छक्कासहित ४३ तथा क्यामरन ग्रीन २० बलमा २ चौका र २ छक्कासहित ३० रनमा आउट भए ।

अन्य कुनैपनि मुम्बईका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर रोहित शर्मा ८, नेहाल वढेरा ४, विष्णु बिनोद ५ र टिम डेविड २ रनमा आउट भए ।

गुजरातका मोहित शर्माले २.२ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । मोहम्मद शामीले ३ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोशुवा लिटिलले एक विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो ।

गुजरातका युवा ब्याटर शुभमन गिल ६० बलमा ७ चौका र १० छक्कासहित १ सय २९ रनको सानदार शतकीय इनिङ खेले । गिलको यो जारी सिजनको तेस्रो र आइपिएल करिअरको उत्कृष्ट प्रदर्शन हो ।

साई सुदर्शन ३१ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा रिटायर्ट आउट भए । दोस्रो विकेटका लागि गिल र सुदर्शनले १ सय ३८ रनको सानदार शतकीय साझेदारी गरेका थिए । हार्दिक पान्ड्या १३ बलमा २ चौका र २ छक्कासहित २८ रनमा नटआउट रहे । ऋद्धिमान शाह १६ बलमा ३ चौकासहित १८ रनमा आउट भए ।

मुम्बईका आकाश माधवालले ४ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए । पियुष चवालाले ३ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । फाइनल आइतबार अहमदाबादमै हुनेछ । गुजरातलाई पहिलो क्वालिफायरमा १५ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको थियो ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.