default_image

2 years ago

May 26, 2023

आइपिएल फाइनलमा पुग्न मुम्बई र गुजरात भिड्दै

115 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो क्वालिफायर खेलमा आज पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ७ : ४५ मा सुरु हुनेछ।

मुम्बईको रोहित शर्मा र गुजरातको हार्दिक पान्ड्याले कप्तानी गर्नेछन् । रोहितको कप्तानीमा चार आइपिएल उपाधि मुम्बईबाट जितेका जितेका हार्दिक पान्ड्या आज भने हराउने लक्ष्यमा हुनेछन् । यस खेलको विजेताले आइतबार फाइनलमा चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

चेन्नईले पहिलो क्वालिफायर खेलमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । यता मुम्बईले भने एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । मुम्बई पछिल्लो समय लयमा देखिएको छ ।

तीव्र गतिका बलर आकाश माधवाल र युवा ब्याटर क्यामरन ग्रीनको लयले मुम्बईको प्रदर्शन फेरिएको छ । आकाशले लखउनलाई एलिमिनेटर खेलमा १ सय १ रनमा अल आउट गर्न ५ रन खर्चेर ५ विकेट लिएका थिए । हैदराबादविरुद्ध उनले ४ विकेट लिएका थिए । गुजरातलाई समूह चरणमा २७ रनले हराउन उनले ३ विकेट लिएका थिए ।

सूर्यकुमार यादवले गुजरातविरुद्ध ४९ बलमा १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । यता क्यामरन ग्रीनले हैदराबादविरुद्ध १ सय र लखनऊविरुद्ध ४१ रन जोडेका थिए । मुम्बईको ब्याटिङ आक्रामण भने उत्कृष्टछ ।

ईशान किशन, रोहित शर्मा, क्यामरन ग्रीन, सूर्यकुमार यादव र टिम डेविड जस्ता विश्व चर्चित टि२० ब्याटर टोलीमा छन् । यी मध्य एक खेलाडी क्रिजमा टिक्दा मुम्बईले विशाल योगफल बनाउन सक्छ । पछिल्लो खेलमा तिलक बर्मा टोलीमा फर्किदा झनै मजबुत बनेको छ ।

मुम्बईको बलिङ तुलनात्मक रुपमा कमजोर छ । तर पछिल्ला खेलमा आकाशको प्रदर्शनले मनोबल फेरिएको छ । आकाशलाई जेसन बेहरनडोर्फ र क्रिस जोर्डनले साथ दिनेछन् । यी तीन बलरले जिम्मेवारी लिनुपर्ने हुन्छ । स्पिनरमा पियुष चवाला हुनेछन् ।

उता गुजरातमा राशिद खान, हार्दिक पान्ड्या, शुभमन गिल र डेविड मिलर जस्ता स्टार खेलाडी छन् । गिल गुजरातका प्रमुख हतियार हुन् । गिलले हैदराबादविरुद्ध १ सय १ र बेंगलोरविरुद्ध १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए ।

लगातार दुई शतक हानेका गिलले यस आइपिएलमा १५ खेलमा ७ सय २२ रन बनाएका छन् । उनी ओरेन्ज क्याप पाउन अव ८ रनले पछि छन् । उनी अघि बेंगलोरका फाफ डु प्लेसिसले ७ सय ३० रन बनाउँदै ओरेन्ज क्यापमा अग्रता कायमै राखेका छन् ।

गिललाई ऋद्धिमान शाहले राम्रो साथ दिनुपर्ने हुन्छ । विजय शंकर राम्रो लयमा छन् । मध्यक्रममा हार्दिक पान्ड्या र डेविड मिलरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । मिलर मुम्बईको कमजोर बलिङ आक्रामणको फाइदा उठाउँदै विशाल योगफल तयार पार्नसक्छन् । राहुल टेवाटिया गुजरातका फिनिसर हुन् । राशिद खानले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै आएका छन् । राशिद मुम्बईलाई घातक बन्नसक्ने खेलाडी हुन् ।

उता राशिद खान र नूर अहमदको स्पिन आक्रामण खेल्न मुम्बईका ब्याटरलाई सहज हुनेछैन । तीव्र गतिका बलरमा मोहम्मद शामी र मोहित शर्मा जोडी हुनेछन् । आइपिएलमा मुम्बई र गुजरातबीच तीन खेल भएका छन् । जसमा गुराजत एक र मुम्बई दुई खेलमा विजयी भएको छ ।

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.