default_image

1 year ago

May 22, 2023

मुम्बईलाई गुजरातको ठूलो गुन

146 views

0 Bookmark

एजेन्सी – गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेसँगै मुम्बई इन्डियन्स प्लेअफमा पुगेकोछ । मुम्बई प्लेअफमा पुग्न गुजरातले ठूलो गुन लगाएको हो । यदि उक्त खेलमा गुजरात पराजित भएको खण्डमा मुम्बई प्लेअफमा पुग्न सक्दैन थियो ।

जितको लागि १ सय ९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उक्त हारसँगै बेंगलोरको प्लेअफ सम्भावना पनि समाप्त भएको छ । यदि बेंगलोर विजयी भएको खण्डमा मुम्बईलाई नेटरनरेटमा पछि पार्दै प्लेअफमा स्थान बनाउने समिकरण थियो ।

मुम्बई १४ खेलमा ८ मा जित र ६ मा हारसहित १४ अंकका साथ १६ अंकका साथ अन्तिम चारमा रहेर प्लेअफमा स्थान पक्का गर्यो । उता बेंगलोर १४ खेलमा ७ मा जित र ७ मा हारसहित १४ अंकका साथ छैटौं स्थानमा रहेर बाहिरियो । बेंगलोरको नेटरनरेट ०.१३५ र मुम्बईको माइनस ०.०४४ थियो । यदि बेंगलोर उक्त खेलमा विजयी भएको भए समान १६ अंकमा नेटरनरेटमा माथि रहँदै प्लेअफमा पुग्ने थियो ।

तर मुम्बईलाई गुजरातले ठूलो गुनका लगाउँदै बेंगलोरलाई पराजित गरेको हो । गुजरातलाई जिताउन युवा ब्याटर शुभमन गिलले ५२ बलमा ५ चौका र ८ छक्कासहित १ सय ४ रनको अविजित इनिङ खेले । उनको यो लगातार दोस्रो शतक थियो । गिलले सनराइजर्स हैदराबादविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यसअघि घरेलु मैदान बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले विराट कोहलीको शतकको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । कोहलीले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय १ रनको अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । कोहली आइपिएलमा सर्वाधिक धेरै ७ शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले क्रिस गेलको ६ शतकको कीर्तिमानलाई पछि पारेका हुन् ।

गुजरात १४ खेलमा १० मा जित र ४ मा हारसहित २० अंकका साथ शीर्षस्थानमा रह्यो । चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रह्यो । मंगलबार पहिलो क्वालिफायर चेन्नई र गुजरातबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली फाइनलमा पुग्दा पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

लखनऊ १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ तेस्रो स्थानमा रह्यो । मुम्बई इन्डियन्स १४ खेलमा ८ मा जित र ६ मा हारसहित १६ अंकका साथ चौथो स्थानमा रह्यो । एलिमिनेटर खेलमा लखनऊ र मुम्बईबीच बुधबार प्रतिस्पर्धा हुनेछ । शुक्रबार दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.