default_image

2 years ago

May 19, 2023

उषा र सिद्धार्थ कर्णाली अन्तरस्कुलको फाइनलमा भिड्ने

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको कर्णाली एकेडेमी अन्तरस्कुल क्रिकेट च्याम्पिनसिपको फाइनलमा उषा वालबाटिका र सिद्धार्थ पाठसालाबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल आइतबार सुर्खेतमा रहेको कालिन्चोक मैदानमा हुनेछ ।

आयोजक कर्णाली एकेडेमीले जिल्ला क्रिकेट संघ सुर्खेतको स्वीकृतिमा उक्त प्रतियोगिता वैशाख २८ देखि सुरु गरेको हो । प्रतियोगितामा ११ टोली हुँदा दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिता विजेता टोलीले २५ हजार र उपविजेता टोलीले १५ हजार, ट्रर्फी र प्रमाणपत्र पाउनेछन् ।

११ टोली सहभागी प्रतियोगिता वैशाख २८ देखि सुरु भएको थियो । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर, उदीयमान खेलाडीले नदग पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई कर्णाली एकेडेमीले पूर्ण छात्रवृत्रिका साथ प्रशिक्षण गराउनेछ । एकेडेमीले सुर्खेत जिल्लाको ग्रास रुट र समग्र कर्णाली क्रिकेटकै विकास गर्ने उदेश्यले यस प्रतियोगिता आयोजना गरेको हो ।

February 7, 2025

पूजालाई स्कुटर

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी अलराउण्डर पूजा महतोले यामाह स्कुटर जितेकी छिन् । त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम दिन उत्कृष्ट नेपाली खेलाडीले पाउने यामाह स्कुटर पूजाले प्राप्त गरेकी हुन् । पूजाले सिरिजका ६ खेलमा १ सय ३४ रन बनाउनुका साथै ३ विकेट लिइन् । पूजाले नेदरल्याण्ड्सविरुद्धको खेलमा नट आउट अर्धशतक प्रहार गरेकी थिइन् […]

February 7, 2025

थाइल्याण्डले जित्यो त्रिकोणात्मक सिरिज

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि जितेको छ । अन्तिम खेलमा शुक्रवार नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिजको जितेको छ । सिरिजमा खेलेको ६ मध्ये ५ खेलमा जित हात पार्दै १० अंकका साथ थाइल्याण्ड च्याम्पियन बन्यो । नेपालले सिरिजमा सबै ६ खेल हार्यो । ८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले […]

February 7, 2025

थाइल्याण्डविरुद्ध नेपालको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]

Success

Thank you for your time.