default_image

1 year ago

May 19, 2023

लखनऊले फुटबल जर्सीमा खेल्ने

324 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६८ औं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध फुटबल जर्सी लगाएर खेल्ने भएको छ।

लखनऊ र कोलकाताबीचको खेल शनिबार इडेन गार्डेन कोलकातामा साँझ सुरु हुनेछ । यस खेलमा विजयी भएमा लखनऊले प्लेअफमा स्थान पक्का गर्नेछ । लखनऊले कोलकाताविरुद्ध भारतीय चर्चित फुटबल क्लब मोहन बगानको जर्सीमा मैदान उत्रर्ने भएको छ ।

मोहन बगान र लखनऊका मालिक एउटै हुन् । अर्कोतर्फ भारतको सर्वाधिक पुरानो र सफल क्लब हुँदा सम्मान स्वरुप लखनऊ फुटबलको जर्सीमा मैदान उत्रर्ने भएको हो । मोहन बगान फुटबल क्लबको नाम परिवर्तन गर्दै मोहन बगान सुपर जायन्ट्स राखेको छ । कोलकाताकै उक्त फुटबल क्लब हुँदा इडेन गार्डेनमा आफ्नो जर्सी परिवर्तन गरेर खेल्न लागेको हो ।

लखनऊ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमाछ । लखनऊ विजयी भएमा १७ अंकका साथ प्लेअफ खेल्नेछ । तर लखनऊ पराजित भएमा भने बेंगलोर र मुम्बईले अन्तिम खेल हार्नुपर्ने हुन्छ।

उता कोलकाता १३ खेलमा ६ मा जित र ७ मा हारसहित १२ अंकका साथ सातौं स्थानमा छ । कोलकाता अन्तिम खेलमा विजयी हुँदा १४ अंकमा पुग्छ । १४ अंकका साथ प्लेअफ खेल्ने अंक गणीतिय सम्भावना मात्रै बाँकी छ । १४ अंकका साथ कोलकाता प्लेअफ खेल्न बेंगलोर र मुम्बईले अन्तिम खेलमा हार्नुपर्ने हुन्छ । अन्य टोलीको नेटरनरेट र नतिजामा पनि भरपर्नुपर्छ ।

आज आइपिएलमा पन्जाब किंग्स र राजस्थान रोयल्सबीच भारतको सुन्दर र चर्चित क्रिकेट मैदान धर्मशालामा साँझ ७ : ४५ मा खेल हुनेछ । दुबै टोली १४ अंकका साथ प्लेअफ खेल्ने झिनो आशामा छन् । १४ अंकका साथ प्लेअफ खेल्न मुम्बई र बेंगलोरले अन्तिम खेल हार्नै पर्ने हुन्छ । राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हारका साथ छैटौं स्थानमा छ । पन्जाब समान खेल र नतिजाका साथ १२ अंक भएपनि नेटरनरेटको कारण आठौं स्थानमा छ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.