default_image

2 years ago

May 18, 2023

कोहलीको शतकमा बेंगलोरको सानदार जित

173 views

0 Bookmark

एजेन्सी – ओपनर विराट कोहलीको शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६५ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । यो जितसँगै बेंगलोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ ।

जितको लागि १ सय ८७ रनको बलियो विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरका ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । कोहलीको यो आइपिएल करिअरको छैटौं शतक हो ।

पहिलो विकेटका लागि कोहली र फाफ डु प्लेसिसले १७.५ ओभरमा १ सय ७२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनमा आउट भए । ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा नटआउट रहे । हैदराबादका टि नटराजन र भुवनेश्वर कुमारले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । हैदराबादका विकेटकिपर हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

उनको यो आइपिएल करिअरको पहिलो शतक थियो । चौथो विकेटका लागि ह्यारी ब्रुक र हेनरिक क्लासेनले ३६ बलमा ७४ रनको साझेदारी गरेका थिए । ब्रुक १७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट थिए ।

त्यसपघि कप्तान एडेन माक्ररम र क्लासेनले तेस्रो विकेटका लागि ५० बलमा ७६ रनको साझेदारी गरेका थिए । माक्ररम २० बलमा १८ रनमा आउट भए । ओपनर अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भएका थिए । दुबै ओपनर स्पिनर माइकल ब्रेसवेलको बलमा क्याच आउट भएका थिए ।

बेंगलोरका माइकल ब्रेसवेलले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । हर्षल पटेल र शहबाज अहमदले समान एक विकेट लिए ।

बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । बेंगलोरले आइतबार गुजरातसँग खेल्नेछ । उक्त खेलमा बेंगलोर विजयी हुँदा १६ अंकमा पुग्नेछ । नेटरनरेटको कारण मुम्बईलाई पछि पार्दै प्लेअफ खेल्नेछ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ पाँचौं स्थानमाछ । मुम्बई नेटरनरेटमा पछिछ ।

गुजरात टाइटन्स १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ । चेन्नईको १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ दोस्रो स्थानमा छ । समान खेल र नतिजाका साथ १५ अंक भएपनि नेटरनरेटका कारण लखनऊ तेस्रो स्थानमा छ ।

January 16, 2025

एलिट कप फाइनल – च्याम्पियन बन्न आर्मीलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको उपाधी जित्नका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबबाट मध्यम रनको लक्ष्य पाएको छ । विरगंजमा जारी फाइनल खेलमा आर्मीले १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो । दोस्रो इनिङमा पुलिसले १ सय ३९ रन जोडेको थियो । दोस्रो इनिङमा पुलिसले […]

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

Success

Thank you for your time.