2 years ago
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतियोगिता आयोजना गर्ने भएको छ। आगमी नोभेम्बरमा नेपालले टियु र माथिल्लो मुलपानी क्रिकेट मैदानमा टि२० विश्वकप एसिया क्षेत्र छनोट आयोजना गर्ने भएको छ।
आइसिसीको प्रतियोगिता नेपालले १३ वर्षपछि आयोजना गर्न लागेको हो । नेपालले पछिल्लो पटक आइसिसीको प्रतियोगिता रुपमा सन् २०१० मा डिभिजन फाइभ आयोजना गरेको थियो । फेब्रुअरीमा भएको उक्त प्रतियोगिता फाइनमा नेपालले अमेरिकालाई ५ विकेटले हराउँदै पहिलो पटक आइसिसीको सिनियरतर्फ उपाधि जितेको थियो । त्यसपछि विभिन्न कारणले आइसिसीको प्रतियोगिता नेपालमा हुन सकेको थिएन ।
आइसिसीको सिरिजको रुपमा विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५/१७ र आइसिसी लिग-२ २०१९/२३ त्रिकोणात्मक ओडिआई सिरिज भने निरन्तर खेल्दै आएकोछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले २०१६ अप्रिलमा नामिबिया र २०१७ मार्चमा केन्यासँग समान दुई खेल टियुमा खेलेको थियो ।
आइसिसी विश्वकप लिग २ मा नेपालले २०२० फेब्रुअरीमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेको थियो । त्यस्तै २०२३ फेब्रुअरीमा नेपालले स्कटल्यान्ड र नामिबियासँग प्रतिस्पर्धा गरेको थियो । २०२३ मार्चमा नेपालले युएई र पपुवा न्युगिनीसँग खेलेको थियो ।
यता एसियन क्रिकेट काउन्सिल (एसिसी) को भने नेपालले अघिल्लो महिना १० वर्षपछि आयोजना गरेको थियो । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कप आयोजना गर्दै उपाधिका साथ एसिया कपमा भारत र पाकिस्तानसँग भेट पक्का गरेको थियो ।
एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । त्यसअघि नेपालले २०१३ मा एसिसी टि२० कप आयोजना गरेको थियो । २०१३ मार्चमा भएको उक्त प्रतियोगिता फाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो । २०१९ को डिसेम्बरमा १३ औं दक्षिण एसिया खेलकुद (साग) आयोजना गर्दै कास्य पदक जितेको थियो ।
आइसिसी टि२० विश्वकप एसिया छनोट नोभेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुनेछ । प्रतियोगितामा बहराइन, नेपाल, सिंगापुर, हङकङ, ओमान, युएई र एसिया उपक्षेत्र छनोट ए र बी का विजेता हुनेछन् । उप क्षेत्र छनोट ए आगमी सेप्टेम्बरमा कतारमा आयोजना हुनेछ ।
कतारमा हुने प्रतियोगितामा घरेलु टोली कतारसँगै साउदीअरेविया, माल्दिभ्स र कुवेत हुनेछन् । उप क्षेत्र छनोट बी जुलाईमा मलेसियामा आयोजना हुनेछ । मलेसिया, भुटान, चीन र म्यानमार र थाईल्यान्ड हुनेछन् ।
नेपालमा हुने आइसिसी टि२० एसिया कपको फाइनलमा पुग्ने दुई टोली २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप खेल्न पाउँछन् । २०२४ देखि टि२० विश्वकपमा २० टोली हुने हुँदा एसिया क्षेत्रबाट दुई टोलीले स्थान बनाउने भएका हुन् । नेपालले २०१४ मा पहिलो पटक बंगलादेशमा भएको टि२० विश्वकप खेलेको थियो। त्यसपछि नेपालले टि२० विश्वकप खेल्न सकेको छैन ।
गतवर्ष नेपाल ओमानमा भएको आइसिसी टि२० विश्वकप छनोट ए को सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै अष्ट्रेलियामा भएको टि२० विश्वकप खेल्ने अवसर गुमाएको थियो।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]