default_image

1 year ago

May 17, 2023

नेपालले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटको अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपाल दुई सातापछि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जाने बताएका छन् ।

१० टोली सहभागी विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । नेपाल मे अन्तिममा जिम्बावे जानेछ । त्यसको लागि भिसाको काम भई राखेको पाठकले जानकारी दिए । ‘नेपालले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्नेछ । त्यहाँ नेपाल मे अन्तिम तिर जान्छ होला’, पाठकले भने ।

नेपालले दक्षिण अफ्रिकामा बलियो टोलीसँग अभ्यासको लागि माग गरेको उनले बताए । ‘हामीले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग वार्मअप म्याच खेल्ने पक्का भएको छ । मिलेसम्म दक्षिण अफ्रिका एउटा बलियो घरेलु टोलीसँग अभ्यास खेल्न कुरा गरेका छौं । दक्षिण अफ्रिका ए वा कुनै टोलीसँग अभ्यास गर्ने तयारी पनि छ’, पाठकले भने ।

नेपाल जुन दोस्रो साता जिम्बावे जाने पाठकले जानकारी दिएका छन् । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्ने पक्का भएको छ । स्कटल्यान्डले विश्वकप छनोट खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । जुन २ मा स्कटल्यान्ड दक्षिण अफ्रिका पुग्नेछ । स्कटल्यान्डले आधिकारीक रुपमा नेपाल र नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्ने जनाएको छ।

विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् । यी १० टोलीलाई आइसिसीले दुई समूह विभाजन गर्नेछ। हालसम्म आइसिसीले समूह विभाजन गरेको छैन । श्रीलंका र वेस्टन्डिज फरक समूहमा हुने पक्कापक्की छ। चाँडैनै समूह विभाजन गर्नेछ। हरेक समूहमा पाँच टोली हुनेछन् ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

नेपालले बन्द प्रशिक्षणको लागि एक दुई दिन भित्रमा टोली घोषणा गर्ने पाठकले जानकारी दिए । वेस्टइन्डिज र स्कटल्यान्डले भने विश्वकप छनोट खेल्ने अन्तिम टोली घोषणा गरि सकेका छन् ।

वेस्टइन्डिजको टोली :

शाई होप (कप्तान), रोभम्यान पावेल, शम्राह ब्रुक्स, यानिक कारिया, केसी कार्टी, रोस्टन चेश, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, कायल मेयर्स, कौडाकेश मोती, किमो पल, निकोलस पुरन र रोमारियो शेफर्ड।

स्कटल्यान्डको टोली :

रिची बेंरिंगटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.