default_image

2 years ago

May 17, 2023

विश्वकप छनोट खेल्ने स्कटल्यान्डको टोलीमा दुई खेलाडी परिवर्तन

223 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डले आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । आइसिसी विश्वकप लिग–२ मा नेपाल भ्रमणबाट टोलीमा दुई परिवर्तन गर्दै स्कटल्यान्डले विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ ।

स्कटल्यान्डको टोलीमा ३४ वर्षीय अुनभवी तीव्र गतिका बलर अलास्डेयर इभान्स टोलीमा फर्किएका छन् । उनी २०२१ अक्टोबरपछि टोलीमा फर्किएका हुन् । ४१ ओडिआई खेलमा उनले ५७ विकेट लिएका छन् । लियाम नेलरको स्थानमा इभान्स टोलीमा फर्किएका हुन् ।

त्यस्तै सन्यास लिएका काइल कोट्जरको स्थानमा २९ वर्षीय तीव्र गतिका बलर एड्रियन निल टोलीमा फर्किएका छन्। उनले ८ ओडिआई खेलमा १३ विकेट लिएका छन् । उनी २०२२ अगष्टपछि टोलीमा फर्किएका हुन् । उनले घरेलु क्रिकेटमा शनिबार मात्रै ६ विकेट लिएका थिए ।

कार्यवाहक मुख्य प्रशिक्षकमा दक्षिण अफ्रिकाका डग वाटसनले स्कटल्यान्डको टोली हेर्ने छन् । स्कटल्यान्ड जुन २ मा दक्षिण अफ्रिका तयारीको लागि जानेछ । स्कटल्यान्डले नेपाल र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने जनाएको छ।

प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । प्रतियोगितामा स्कटल्यान्ड, नेपाल, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड्स र नेदरल्यान्ड्स गरी कुल १० टोली छन् ।

जसमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा सबैले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछ ।

स्कटल्यान्डको टोली :

रिची बेंरिंगटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.