2 years ago
May 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्दैछ। १० टोली सहभागी प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ।
यस प्रतियोगिताबाट दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन्। विश्वकपमा भारत, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेशले सोझै स्थान बनाएका थिए । आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा परेपछि सोझै विश्वकपमा पुगेका हुन् ।
१० टोली र समूह विभाजन
सुपर लिगका पुछारका पाँच टोली, श्रीलंका, वेस्टइन्डिज, नेदरल्यान्ड्स, जिम्बावे र आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएका थिए । त्यसैका कारण चार टेस्ट टोलीसँगै नेदरल्यान्ड्सले छनोट खेल्दैछन् ।
आइसिसी विश्वकप लिग-२ का शीर्ष तीन टोली स्कटल्यान्ड, नेपाल र ओमानले पनि विश्वकप छनोट खेल्नेछन् । प्लेअफ क्वालिफायरका शीर्ष दुई टोली अमेरिका र युएईले पनि विश्वकप छनोट खेल्नेछन् ।
विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् । यी १० टोलीलाई आइसिसीले दुई समूह विभाजन गर्नेछ। हालसम्म आइसिसीले समूह विभाजन गरेको छैन । श्रीलंका र वेस्टन्डिज फरक समूहमा हुने पक्कापक्की छ। चाँडैनै समूह विभाजन गर्नेछ।
सुपर सिक्स
हरेक समूहमा पाँच टोली हुनेछन् । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा स्थान बनाउन नसक्नेले सातौं, आठौं, नवौं र दशौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा स्थान बनाउन नसक्ने टोलीको विश्वकप खेल्ने सपना समाप्त हुनेछ।
फाइनल पुग्ने दुई टोली विश्वकपमा
सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । एकदिवसीय विश्वकपमा १० टोली हुनेछन् ।
१० टोलीले सिंगल राउन्ड रोविनको आधारमा सबै एकअर्का टोलीसँग खेल्नेछन् । जसबाट शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । विश्वकपमा शीर्ष र चौथो स्थानको टोली पहिलो सेमिफाइनल खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले दोस्रो सेमिफाइनल खेल्नेछन् ।
वेस्टइन्डिजको टोली घोषणा
विश्वकप छनोट खेल्ने १० मध्य वेस्टइन्डिजले टोली घोषणा गरेकोछ । उपाधिको प्रमुख दाबेदार वेस्टइन्डिजले आफ्नो पहिलो रोजाईको टोलीलाई नै विश्वकप छनोटमा पठाउने भएको छ।
वेस्टइन्डिजको टोली :
शाई होप (कप्तान), रोभम्यान पावेल, शम्राह ब्रुक्स, यानिक कारिया, केसी कार्टी, रोस्टन चेश, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, कायल मेयर्स, कौडाकेश मोती, किमो पल, निकोलस पुरन र रोमारियो शेफर्ड ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]