default_image

1 year ago

May 17, 2023

‘एक समय फेरि क्रिकेट खेल्ने आशा मारेको थिएँ’- मोहसिन खान

250 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सका युवा तीव्र गतिका बलर मोहसिन खानले चोटका कारण एक समय फेरि क्रिकेट खेल्ने आशा मारी सकेको बताएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राती मुम्बई इन्डियन्सविरुद्ध लखनऊलाई रोमान्चक जित दिलाउन अन्तिम ओभरमा नायक बनेका उनले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा मुम्बईलाई जितको लागि ११ रन चाहिँएको थियो । बायाँ हाते बलर मोहसिन खानले क्यामरन ग्रीन र टिम डेविडलाई मात्रै पाँच रन दिँदै रोमान्चक जित दिलाएका थिए ।

गतवर्ष सानदार प्रदर्शन गरेका खान बायाँतर्फ काँघमा चोट लागेपछि शल्यक्रिया गर्नु परेको थियो । चोटपछि फर्किएका हुने कुनैपनि क्रिकेटरलाई चोट नलागोस् कामना गरेका छन् ।

‘पहिला त म यहिँ भन्न चाहन्छु की जतिपनि क्रिकेटर छन् त्यसमा कसैलाई पनि चोट नलागोस् । अनौंठो किसिमको विरामी थियो । पूरा हात रोकिएको थियो । यसमा मेरो एसोसिएसन (उत्तर प्रदेश), राजिव सुक्ला सर, लखनऊका सन्जिव सर, गौतम सर जतिपनि थिए ती मेरो परिवार थिए । त्यसैले मलाई धेरै सहयोग मिल्यो’, मोहसिन खानले पूनरागमन बारे भने ।

त्यसैमा उनले थपे, ‘सल्यक्रिया अघि र पछि मैले धेरै संघर्ष गरे । त्यो समय मेरोे लागि निकै कठिन थियो । सबैले म माथि विश्वास देखाए । म फेरि क्रिकेट खेल्न पाउँछु भनेर एक समय आशा मारी सकेको थिए । किनभने मेरो हात उठ्दा समेत उठ्दैन थियो । सिँधा समेत हुँदैन थियो।’

चिकित्सकले उनलाई एक महिना ढिलो भएको भए हात नै काट्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए । ‘एक समय मेरो हात पूरा सिधा समेत हुन सकेको थिएन । फिजियोले पनि धेरै मिहिनेत गरे । डाक्टरले मलाई एक महिना ढिलो भएको भए हात नै काट्नुपर्ने हुनसक्ने बताएका थिए । त्यो सम्झदा अहिले पनि डर लाग्छ’, उनले भने ।

उनका बुबाको मस्तिष्कमा समस्याको कारण आइसियूमा राखेको उपचार गरिएको थियो । उनका बुबा अस्पतालबाट सोमबार मात्रै डिस्चार्ज भएका थिए । उनले आफ्नो खेल देखेर बुबा खुसी भएको बताए ।

‘म सुरुदेखिनै टोलीसँग अभ्यास गरेको थिए । मेरो बुबा आइसियुबाट हिजोमात्रै डिस्चार्ज भएका थिए । उनको ब्रेन स्ट्रोक भएको थियो । अवस्था ठिक थिएन । बीचमा म अस्पताल समेत गएको थिए । मैले शीरमा बुबाको हात राख्दै तपाई ठिक हुनु म खेल्छु भनेको थिए । बुबाले मेरो खेल हेर्न चाहेका थिए । मेरो खेल देखेको भए बुबा धेरै खुसी भएको हुनुपर्छ’, उनले भने ।

अन्तिम ओभरमा आफूले रोक्नेमा आत्माविश्वास रहेको बताए । मैले कप्तानसँग अभ्यासमा जे गर्छु त्यहिँ गर्ने बताएको थिए । ‘मैले मेरो बलिङ गरे । स्कोरबोर्डमा १०/११ रन चाहिँएको मैले सोचेको थिएन । मैले ६ बल राम्रो गर्ने सोचेर गरेको थिए । मैले प्रयास गरे, उनले भने ।

२४ वर्षीय बायाँ हाते मोहसिन खानले गतवर्ष आइपिएलमा सानदार प्रदर्शन गरेका थिए । उनले गतवर्ष आइपिएलमा ९ खेलमा १४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । मोहसिन खानलाई लखनऊले गतवर्ष न्यूनतम २० लाख भारुमा किनेको थियो । यस सिजनमा लखनऊले चेन्नई सुपर किंग्सविरुद्ध उनलाई मौका दिएको थियो ।

उक्त खेल वर्षाको कारण रद्द भएको थियो । गुजरातविरुद्ध उनले ३ ओभरमा ४२ रन खर्चेर १ विकेट लिएका थिए । यस आइपिएलमा लखनऊ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमा छ । लखनऊले अन्तिम खेल शनिबार कोलकातासँग खेल्नेछ । उक्त खेलमा लखनऊ विजयी भएमा प्लेअफमा पुग्नेछ । पराजित भएमा भने अन्य टोलीको नतिजामा भर पर्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.