default_image

1 year ago

May 17, 2023

मुम्बईमाथि रोमान्चक जितसँगै लखनऊ प्लेअफ नजिक

123 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६३ औं खेलमा मुम्बई इन्डियन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । १५ अंकका साथ तेस्रो स्थानमा रहँदै लखनऊले प्लेअफ सम्भावना मजबुत बनाएको छ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पाँच पटकको च्याम्पियन मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशन ३९ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

कप्तान रोहित शर्माले २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । मुम्बईलाई ओपनर रोहित र ईशानले पहिलो विकेटका लागि ९.४ ओभरमा ९० रनको साझेदोरी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

दुबै ओपनरलाई स्पिनर रवि विश्रोईले आउट गरेपछि लखनऊ खेलमा फर्किएको थियो । अन्तिम १२ बलमा मुम्बईलाई जितको लागि ३० रन चाहिँएको थियो । तीव्र गतिका बलर नविन उल हकलाई टिम डेविडले दोस्रो र अन्तिम बलमा छक्कासहित १९ औं ओभरमा १९ रन जोडेपछि खेल रोचक बनेको थियो । मुम्बईलाई अन्तिम ६ बलमा जितको लागि ११ रन चाहिँएको थियो ।

युवा तीव्र गतिका बलर मोहसिन खानले क्यामरन ग्रीन र टिम डेविडलाई मात्रै पाँच रन दिएपछि रोमान्चक जित हात पारेको हो । पहिलो बल खानले ग्रीनलाई डट राखे । दोस्रो र तेस्रो बलमा एक एक रन दिए । चौथो बल डट पाँचौंमा एक र छैटौंमा दुई रन दिएपछि रोमान्चक जित हात पारेको हो ।

मुम्बईका सूर्यकुमार यादव ७, नेहाल वढेरा १६ र विष्णु विनोद २ रनमा आउट भए । टिम डेविड १९ बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा नटआउट रहे । क्यामरन ग्रीन ६ बलमा ४ रनमा नटआउट रहे ।

लखनऊका लेगस्पिनर रवि विश्रोईले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । यश ठाकुर ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । अन्तिम ओभरमा हिरो बनेका मोहसिन खानले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । लखनऊको जितमा मार्कस स्टोइनिसले ४७ बलमा ४ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रनको उत्कृष्ट नटआउट इनिङ खेले ।

निकोलस पुरन ८ बलमा १ चौकासहित ८ रनमा नटआउट रहे । चौथो विकेटका लागि पुरन र स्टोइनिसले २४ बलमा ६० रनको अविजित साझेदारी गदै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

एक समय स्टोइनिस ३५ बलमा ४५ रन बनाउँदै क्रिजमा थिए । तर १८ औं ओभरको पहिलो बलमा क्रिस जोर्डनलाई छक्का प्रहार गर्दै ब्याटिङ शैली परिवर्तन गरेका थिए । स्टोइनिसले १८ औं ओभरमा तीव्र गतिका बलर क्रिस जोर्डनलाई तीन चौका र दुई छक्कासहित कुल २४ रन जोड्दै प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाएका थिए ।

कप्तान क्रुनाल पान्ड्या ४२ बलमा १ चौका र १ छक्कासहित ४९ रनमा रिटायर्ट आउट भएका थिए । लखनऊको सुरुवात नै खराब रहँदा खुलेर खेल्न सकेन । तीव्र गतिका बलर जेसन बेहर्नडोर्फले ओपनर दीपक हुडालाई टिम डेविडबाट ५ रनमा क्याच आउट गराए । स्पिनर पियुष चवालाको बलमा क्विन्टन डि कक १६ रनमा विकेटकिपर ईशान किशनबाट क्याच आउट भए ।

बेहर्नडोर्फले प्रेरक माङ्कडलाई गोल्डेन डक पेभेलिएन फर्काएका थिए । एक समय लखनऊ ६.१ ओभरमा ३५-३ को खराब अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि पान्ड्या र स्टोइनिसले ५९ बलमा ८२ रनको साझेदारी गरेका थिए । मुम्बईका जेसन बेहर्नडोर्फले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । पियुष चवालाले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

लखनऊ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल लखनऊले शनिबार कोलकातासँग खेल्नेछ । उक्त खेलमा लखनऊ विजयी भएमा प्लेअफमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नतिजामा भरपर्छ ।

चेन्नई समान खेल र नतिजाका साथप १५ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेकोछ ।

मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंक जोेड्दै चौथो स्थानमा छ । मुम्बईले अन्तिम खेल आइतबार हैदराबादसँग खेल्नेछ । उक्त खेलमा विजयीसँगै अन्य टोलीको नतिजामा पनि भरपर्नुपर्छ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.