default_image

8 years ago

January 6, 2017

एसएसपी कप क्रिकेट – ग्रेस वीरेन्द्र र क्यापिटल सेमिफाइनलमा

110 views

0 Bookmark

राकेश तिमल्सिना

चितवन – चौथो क्याची एसएसपी कपमा आज भएको दुई खेलमा साविक विजेता ग्रेस वीरेन्द्र र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् । जितसँगै दुबै टोली सेमिफाइनल प्रवेश गरेका छन् । क्यापिटल कलेज समुह बी र ग्रेस वीरेन्द्र समुह सी को बिजेता बन्दै सेमिफाइनल पुगेको हो ।

shakti-gauchan

विशाल चोकको नौ बिगाहा मैदानमा भएको पहिलो खेलमा भरतपुरको ग्रेसवीरेन्द्रले भैरहवाको न्यु होराइजन कलेजलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले १९.५ २० ओभरमा अलआउट हुदै १ सय १७ रन बनाएको थियो । होराइजनका लागि प्रकाश केसीले सर्वाधिक ३३, सन्दिप सुनारले १५ र गणेश गौडेलले १० रन जोडे । बलिङतर्फ वीरेन्द्रका प्रदीप ऐरी र राजन श्रेष्ठले २/२ विकेट लिए ।

१ सय १८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको ग्रेस वीरेन्द्रले १८.२ ओभरमा ५ विकेट गुमाउदै जित निकाल्यो । वीरेन्द्रलाई जित दिलाउन सुवास खकुरेलले ३५, आरिफ शेखले ३०, आसिफ शेखले २० रन बनाए । बलिङतर्फ होराइजनका शक्ति गौचनले २ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका आरिफ शेख खेलको म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को खेलमा काठमाडौँको क्यापिटल कलेजले भरतपुरको नेपाल पोलिटेक्निक कलेजलाई ८७ रनको फराकिलो अन्तरमा पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको क्यापिटलले विष्फोटक ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ सय ६६ रन बनाएको थियो । क्यापिटलको जितमा दिपेन्द्र ऐरीले सर्वाधिक ५० रन बनाए । ३३ बल खेलका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, प्रनित थापाले ३३ र दिलीपनाथले २३ रन जोडे । बलिङतर्फ पोलिटेक्निकका सन्दीप लामिछानेले ३ विकेट लिए ।

१ सय ६६ चुनौतीपुर्ण लक्ष्य पछ्याएको पोलिटेक्निक १६.४ ओभरमा सबै विकेट गुमाएर ७७ रनमा समेटियो । पोलिटेक्निकका सुनिल धमला र सन्दिप लामिछानेले १३/१३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ क्यापिटलका कुशल भुर्तेलले ३ विकेट लिए । अर्धशतकीय पारी खेलेका क्यापिटलका दिपेन्द्र ऐरी म्यान अफ द म्याच घोषित भए । चौथो क्याची एसएसपी कपमा भोलीको एकमात्र खेलमा हेटौँडा सिटी र हर्टल्याण्ड काठमाडौँको बिचमा बिहान १० बजे हुनेछ ।

April 10, 2025

दिल्लीले टस जित्यो

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा‌ टस जितेको छ। दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात गरेको दिल्ली जितलाई निरन्तरता […]

April 10, 2025

आरसिबी र दिल्ली भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात […]

April 10, 2025

कुशलको सानदार प्रदर्शनमा नेपालको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]

Success

Thank you for your time.