default_image

1 year ago

May 11, 2023

जैशवालको आक्रामक ब्याटिङमा राजस्थानको जित

228 views

0 Bookmark

एजेन्सी – युवा ओपनर यशस्वी जैशवालको आक्रामक ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग अन्तर्गत विहीबार कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य राजस्थानले १४ औं ओभरमा नै पूरा गरेको थियो । जैशवाल शतकबाट २ रनले चुकेपनि उनले आक्रामक ब्याटिङ गर्दै राजस्थानलाई सहज जित दिलाए । विजयी चौका प्रहार गरेका जैशवालले ४७ बलको सामना गर्दै १२ चौका र ५ छक्का प्रहार गरे । उनी ९८ रनमा नटआउट रहे ।

जैशवालले इनिङको पहिलो ओभरमा नै ३ चौका र २ छक्कासहित २६ रन जोड्दै अभूतपूर्व सुरुवात दिलाएका थिए । १३ बलमै अर्धशतक पूरा गरेका जैशवालको ब्याटिङमा राजस्थानले ६ ओभरमा नै ७८ रन जोडेको थियो । जश बटलर दोस्रो ओभरमा रनआउट भएपनि कप्तान सन्जु स्यामसनले दोस्रो विकेटका लागि नटआउट १ सय २१ रनको साझेदारी गरे ।

स्यामसनले २९ बलमा ४८ रनको योगदान दिए । उनले २ चौका र ५ छक्का प्रहार गरेका थिए । यस जितले राजस्थान १२ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । सातौं स्थानमा रहेको कोलकाताको १२ खेलमा १२ अंक छ ।

त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । वेंकटेश ऐरले सर्वाधिक ५७ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । राजस्थानका स्पिनर युजवेन्द्र चहलले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिँदै उच्च प्रदर्शन गरे । ट्रेन्ट बोल्टले ३ ओभरमा १५ रन दिँदै २ विकेट लिएका थिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.