2 years ago
May 10, 2023
विराटनगर (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कप च्याम्पियन नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बुधबार विराटनगर महानगर परिक्रमा गराइएको छ ।
हालै सम्पन्न एसिसी प्रिमियर कपमा जित निकाल्दै नेपाली टोली एसिया कपका लागि छनोट भएको थियो । सोही टोलीको सम्मानमा नगर परिक्रमा गराइएको हो । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आज दिउँसो नगर परिक्रमा गराएको हो ।
कप्तान रोहित पौडेलसहित अधिकांश खेलाडी र ट्रफी बोकेर नगर परिक्रमा गरेको हो । कन्चनबारीस्थित एयरपोर्ट मोडबाट–बरगाछी–तीनपैनि–मेनरोड, ट्राफिक चोक हुँदै रोडशेष चोकसम्म र त्यहाबाट पुनः महेन्द्र चोक हुँदै बरगाछीसम्म परिक्रमा गराइएको थियो ।
परिक्रमापछि तीनवटै संस्थाले खेलाडीहरूलाई रात्रीभोजसहित सम्मान गर्ने भएको छ । त्यसबाहेक नेपाल राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारमा सहयोगार्थ तीनवटा संस्थाका तर्फबाट आर्थिक सहयोग पनि गरिने छ ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]