default_image

2 years ago

May 10, 2023

चेन्नईको मध्यम ब्याटिङ

284 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई मध्यम लक्ष्य दिएको छ ।

टस‌ जितेर पहिलो ब्याटिङ रोजेको चेन्नईका ६ ब्याटरले २० रन पार गरेपनि २५ रन कटाउन सकेनन् । निर्धारित २० अ‍ोभरमा चेन्नईले ८ विकेट गुमाउँदै १ सय ६७ रन जोड्यो । अन्त्यतिर कप्तान महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिङ गर्दै चेन्नईलाई राम्रो योगफल सम्म पुर्याएका थिए ।

धोनीले अन्तिम अ‍ोभरमा आउट हुनुअघि १ चौका र २ छक्कासहित २० रन प्रहार गरे । रुतुराज गायक्वाद २४, अजिङ्क्या रहाने २१ र शिवम दुवे सर्वाधिक २५ रनमा आउट भए । अम्बटी रायुडु २३ र रविन्द्र जडेजाले २१ रनको योगदान दिए ।

दिल्लीका लागि मिसेल मार्सले २ तथा अक्षर पटेलले २ विकेट हात पारे ।

January 16, 2025

एलिट कप – आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन भएको छ । बिहीवार विरगंजमा सम्पन्न पहिलो संस्करणको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २८ रनले पराजित गर्दै उपाधी जितेको छ । पुलिसले दिएको १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अल आउट भयो । […]

January 16, 2025

महिला पिएम कप – वर्षाका कारण दुवै खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]

January 16, 2025

एलिट कप फाइनल- आर्मीलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्नका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबबाट मध्यम रनको लक्ष्य पाएको छ । वीरगंजमा जारी फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीवार आर्मीले जितका १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो । दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएको छ। ९ […]

Success

Thank you for your time.