default_image

1 year ago

May 9, 2023

बेंगलोरमाथि मुम्बईको सानदार जित

403 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्यकुमार यादव र नेहाल वादेराको उत्कृष्ट साझेदारीमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

बेंगलोरले प्रस्तुत गरेको २ सय रनको लक्ष्य मुम्बईले १७ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । इशान किशनले आक्रामक सुरुवात दिलाएपछि मुम्बई जिततर्फ उन्मुख देखिएको थियो । उनले २१ बलमा ४ चौका र ४ छक्कासहित ४२ रन जोडे । धनन्जय डे सिल्भाले पाँचौ ओभरमा किशन र कप्तान रोहितलाई आउट गरेपछि बेंगलोरले खेलमा फर्कने अवसर पाएको थियो । रोहित आउट हुँदा मुम्बई ५ ओभरमा ५२-२ को अवस्थामा थियो ।

तर सूर्य र नेहालले तेस्रो विकेटका लागि १ सय ४० रनको साझेदारी गर्दै मुम्बईलाई जितनजिक पुर्याए । सूर्यले ३५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । ८३ रनमा रहँदा ठूलो सट खेल्ने धुनमा सूर्य क्याच आउट भएका थिए । लगत्तै टिम डेविड पनि पहिलो बलमा नै पेभेलियन फर्किए ।

१७ औं ओभरको तेस्रो बलमा नेहालले छक्का प्रहार गर्दै जित पक्का गरे । उनले ३४ बलमा ४ चौकासहित ५२ रन जोडे । उनले तेस्रो छक्कासहित आफ्नो अर्धशतक र टोलीको जित सुनिश्चित गरेका थिए ।

त्यसअघि कप्तान फाफ डु प्लेसिस र अलराउन्डर ग्लेन म्याक्सवेलले शतकीय साझेदारी गर्दा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार मुम्बई इन्डियन्सलाई विशाल लक्ष्य दिएको थियो ।

एक समय १६-२ को अवस्थामा पुगेको बेंगलोरले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन जोड्यो । कप्तान डु प्लेसिसले ६५ तथा म्याक्सवेलले ६८ रन जोडे ।

टस जितेर फिल्डिङ रोजेको मुम्बईले पहिलो ओभरमा मुख्य ब्याटर विराट कोहलीको विकेट लिएको थियो । कोहलीलाई १ रनमै आउट गरेका जेसन बेह्रेनडर्फले अर्को ओभरमा अनुज रावतलाई पनि पेभेलियन फर्काए । तर त्यसपछि तेस्रो विकेटका दुई विदेशी ब्याटरले १ सय २० रनको साझेदारी गर्दा बेंगलोरले खेलमा पकड जमायो । १३ औं ओभरमा आउट हुनुअघि म्याक्सवेलले ३३ बलमा ६८ रन जोडे । ८ चौका र ४ छक्का प्रहार गरेका म्याक्सवेल बेह्रेनडर्फकै बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा आउट भए ।

त्यसपछि दुई ओभरमा बेंगलोरले लगातार विकेट गुमायो । महिपाल लोम्रोर १ रनमा आउट हुँदा डु प्लेसिस पनि सर्ट फाइन लेगमा समातिए । उनले ३३ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए । अन्त्यतिर दिनेश कार्तिकले १८ बलमा ४ चौका र १ छक्कासहित ३० रनको योगदान दिए ।

मुम्बईका लागि आकाश माधवलले अन्तिम ओभरमा मात्र ६ रन खर्चेपछि बेंगलोरले २०० रनको आँकडा छुन सकेन ।

यस जितसँगै मुम्बई ११ खेलमा १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बेंगलोर भने ११ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.