default_image

1 year ago

May 9, 2023

म्याक्सवेल र डु प्लेसिस चम्कँदा मुम्बईलाई विशाल लक्ष्य

150 views

0 Bookmark

एजेन्सी – कप्तान फाफ डु प्लेसिस र अलराउन्डर ग्लेन म्याक्सवेलले शतकीय साझेदारी गर्दा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार मुम्बई इन्डियन्सलाई विशाल लक्ष्य दिएको छ ।

एक समय १६-२ को अवस्थामा पुगेको बेंगलोरले मुम्बईलाई जितका लागि २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । डु प्लेसिस र म्याक्सवेलले व्यक्तिगत अर्धशतक जोड्दा बेंगलोरले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन जोड्यो । कप्तान डु प्लेसिसले ६५ तथा म्याक्सवेलले ६८ रन जोडे ।

टस जितेर फिल्डिङ रोजेको मुम्बईले पहिलो ओभरमा मुख्य ब्याटर विराट कोहलीको विकेट लिएको थियो । कोहलीलाई १ रनमै आउट गरेका जेसन बेह्रेनडर्फले अर्को ओभरमा अनुज रावतलाई पनि पेभेलियन फर्काए । तर त्यसपछि तेस्रो विकेटका दुई विदेशी ब्याटरले १ सय २० रनको साझेदारी गर्दा बेंगलोरले खेलमा पकड जमायो । १३ औं ओभरमा आउट हुनुअघि म्याक्सवेलले ३३ बलमा ६८ रन जोडे । ८ चौका र ४ छक्का प्रहार गरेका म्याक्सवेल बेह्रेनडर्फकै बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा आउट भए ।

त्यसपछि दुई ओभरमा बेंगलोरले लगातार विकेट गुमायो । महिपाल लोम्रोर १ रनमा आउट हुँदा डु प्लेसिस पनि सर्ट फाइन लेगमा समातिए । उनले ३३ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए । अन्त्यतिर दिनेश कार्तिकले १८ बलमा ४ चौका र १ छक्कासहित ३० रनको योगदान दिए ।

मुम्बईका लागि आकाश माधवलले अन्तिम ओभरमा मात्र ६ रन खर्चेपछि बेंगलोरले २०० रनको आँकडा छुन सकेन । यो खेल जितेमा बेंगलोर र मुम्बई दुवै १२ अंकका साथ तेस्रो स्थानमा उक्लनेछन् । दुवैको हाल १० खेलमा १० अंक छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.