2 years ago
May 7, 2023
एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ५१ औं खेलमा लखनऊ सुपर जायन्ट्समाथि ५६ रनको सानदार जित हात पारेको छ । गुजरातले आठौं जितका साथ अंक तालिकामा शीर्ष स्थान यथावत कायमै राख्दै प्लेअफ औपचारिकता बाँकी राखेको छ ।
जितको लागि २ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । लखनऊका ओपनर क्विन्टन डि ककले ४१ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाएपनि टोलीको हार टार्न सकेनन् । डि कक राशिद खानको बलमा बोल्ड आउट भए ।
अर्का ओपनर कायल मेयर्स ३२ बलमा ७ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । पहिलो विकेटका लागि मयर्स र डि ककले ८.२ ओभरमा ८८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुई ओपनर बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
दीपक हुडा ११, मार्कस स्टोइनिस ४, निकोलस पुरन ३ र आयुश बदोनी २१ रनमा आउट भए । गुजरातका मोहित शर्माले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मोहम्मद शामी, राशिद खान र नुर अहमदले समान एक विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । गुजरातको जितमा ओपनर शुभमन गिल ५१ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ९४ रनमा नटआउट रहे ।
अर्का ओपनर ऋद्धिमान शाहले ४३ बलमा १० चौका र ४ छक्कासहित ८१ रनको सानदार इनिङ खेल्दै आउट भएका थिए । पहिलो विकेटका लागि गिल र शाहले १२.१ ओभरमा १ सय ४२ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका थिए । शाह आवेश खानको बलमा वैकल्पिक फिल्डर प्रेराक मांकडबाट क्याच आउट भएपछि शतकको अवसरबाट चुकेका थिए ।
कप्तान हार्दिक पान्ड्या १५ बलमा १ चौका र २ छक्कासहित २५ रनमा आउट भए । डेविड मिलर १२ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट थिए । लखनऊका मोहसिन खानले ३ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । आवेश खानले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए ।
गुजरात ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ शीर्ष स्थानमाछ । लखनऊ ११ खेलमा ५ मा जित र ५ मा हारका साथ ११ अंकका साथ तेस्रो स्थानमा छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]