default_image

1 year ago

May 6, 2023

लोमरोर र कोहलीको अर्धशतकमा दिल्लीलाई बलियो लक्ष्य

203 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ५० औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो ।

बेंगलोरका युवा खेलाडी महिपाल लोमरोर २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रनमा अविजित रहे । उनको यो आइपिएल करिअरको पहिलो अर्धशतक हो ।

बेंगलोरलाई ओपनर विराट कोहली र फाफ डु प्लेसिसले १०.३ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मिचेल मार्शको बलमा डु प्लेसिस डिप कभरमा अक्षर पटेलबाट क्याच आउट भए । उनले ३२ बलमा ५ चौका र १ छक्कासहित ४५ रनमा आउट भए ।

लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेल विकेटकिपर फिलिप साल्टबाट कट विहाइन्ड हुँदै गोल्डेन डक पेभेलिएन फर्के । विराट कोहली ४६ बलमा ५ चौकासहित ५५ रनमा आउट भए । तीव्र गतिका बलर मुकेश कुमारको बलमा फाइन लेगमा कोहली खलिल अहमदबाट क्याच आउट भए । दीनेश कार्तिक ११ रनमा आउट हुँदा अनुज रावत ८ रनमा नटआउट रहे ।

दिल्लीका मिचेल मार्शले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । खलिल अहमदले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.