2 years ago
May 6, 2023
एजेन्सी – महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४९ औं खेलमा मुम्बई इन्डियन्सलाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना मजबुत बनाएको छ । छैटौं जितका साथ चेन्नई अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै प्लेअफदेखी दुई जित टाढा रहेको हो ।
जितको लागि १ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको चेन्नईले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । चेन्नईको जितमा ओपनर डेभन कन्वेले ४२ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । अर्का ओपनर ऋतुराज गायकवाड १६ बलमा ४ चौका र २ छक्कासहित ३० रनमा आउट भए ।
अजिंक्या हराणे २१ र अम्बाती रायुडू १२ रनमा आउट भए । शिवम दुबे १८ बलमा ३ छक्कासहित २६ र धोनी ३ बल खेल्दै दुई रनमा अविजित रहे । मुम्बईका पियुष चवालाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ट्रिस्टन स्टब्स र आकाश मढवालले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १सय ३९ रन मात्रै बनाउन सक्यो । टोलीमा टि२० विशेष खेलाडी भएपनि चेन्नईविरुद्ध प्रमुख कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् ।
मुम्बईका युवा खेलाडी नेहाल वढेराले ५१ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनको योगदान दिए । ओपनर क्यामरन ग्रीन ६, ईशान किशन ७, रोहित शर्मा डक आउट, सूर्यकुमार यादव २६, ट्रिस्टन स्टब्स २० र टिम डेविड २ रनमा आउट भए ।
चेन्नईका तुषार देशपान्डेले ४ ओभरमा २६ रन खर्चेर२ विकेट लिए । योसँगै देशपान्ड जारी आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी बन्दै पर्पल क्याप पाएका छन् । उनीपछि गुजरातका मोहम्मद शामी १८ विकेटका साथ दोस्रो स्थानमा छन् ।
दीपक चाहरले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । युवा तीव्र गतिका बलर मथिसा पथिरानाले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।
चेन्नई ११ खेलमा ६ मा जित र ४ मा हारका साथ १३ अंकका साथ दोस्रो स्थानमा छ । गुजरात १० खेलमा ७ मा जित र ३ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ ।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको कार प्राप्त गरेका हुन्।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लाहिरु मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जितेको छ । कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले एनपिएलको पहिलो संस्करणको उपाधि जितेको हो। च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख […]