2 years ago
May 5, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सका कप्तान लोकेश राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को बाँकी खेल गुमाउने भएका छन् । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध यसै साता फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । दोस्रो ओभरमै राहुल फिल्डिङ गर्नेक्रममा दायाँ खुट्टाको मांशपेशीमा चोट लाग्न पुगेको थियो ।
घाइते लगत्तै मैदानबाट बाहिरिएका राहुलले उक्त खेलमा ११ औं नम्बरमा ब्याटिङ गर्दै ३ बल खेलेका थिए । राहुलको खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएको छ । राहुलले आगमी जुनमा इंग्ल्यान्डमा हुने अष्ट्रेलियासँगको आइसिसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटिसी) २०२३ को फाइनल पनि गुमाउने भएका छन् ।
३१ वर्षीय राहुल नहुँदा लखनऊ र भारत दुबैलाई ठूलो घाटा लाग्नेछ । राहुल भारतका भरपर्दा ब्याटर हुन् । राहुल घाइते हुँदा फाइनल खेलमा भारतले शरफाज खानलाई मौका दिनसक्ने सम्भावना छ । त्यस्तै आइपिएलमा सानदार प्रदर्शन गरेका राजस्थान रोयल्सका यशस्वी जैसवाल र चेन्नई सुपर किंग्सका ऋतुराज गायकवाडको पनि चर्चा छ ।
यस सिजनको आइपिएलमा लखनऊ १० खेलमा ५ मा जित, ४ मा हार र १ खेलमा अंक बाँड्दै ११ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊले अव आइतबार गुजरात टाइटन्ससँग खेल्नेछ । राहुलले यस सिजनमा ९ खेलमा २ मा अर्धशतकसहित कुल २ सय ७४ रन बनाएका थिए ।
उक्त रन बनाउन राहुलले २ सय ४२ बल खेलेका थिए । सुस्त ब्याटिङ शैलीका कारण राहुल केहि आलोचनामा समेत परेका थिए । राहुल नहुँदा चेन्नई सुपर किंग्सविरुद्ध खेलमा लखनऊको कप्तानी क्रुनाल पान्ड्याले गरेका थिए । राहुलको स्थानमा मनान बोहरा खेलेका थिए ।
December 17, 2024
भुपेन्द्र जि.सी. कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिगको सुरुवात बिर्सनलायक रहेको थियो । आफूले सामना गरेको पहिलो बलमै पाकिस्तानी सोहेल तन्भिरविरुद्ध फितलो सट खेलेर आउट भएका कुशलको पूरा सिजन रन जोड्ने संघर्षमै सिमित रह्यो । कुशलको कमजोर प्रदर्शनकै कारण पनि उनी मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरियो । ८ टोली सहभागी एनपीएलमा […]
December 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]