default_image

2 years ago

May 5, 2023

बाबरको विश्व कीर्तिमान

229 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजमले ओडिआई क्रिकेटमा अर्को विश्व कीर्तिमान बनाएका छन् । न्युजिल्यान्डसँगको चौथो ओडिआई खेलमा बाबर आजमले सुरुवाती १९ रन बनाएसँगै ५ हजार रन पूरा गरेका छन् ।

उनी ओडिआईमा पाँच हजार रन सर्वाधिक छिटो इनिङमा पूरा गर्ने ब्याटर बनेका छन् । बाबरले मात्रै ९७ इनिङमा उक्त सफलता हात पारेका हुन् । उनीअघि उक्त कीर्तिमान दक्षिण अफ्रिकाका हासिम आमालाको नाममा थियो । हासिमले १ सय १ इनिङमा ५ हजार रन पूरा गरेका थिए ।

वेस्टइन्डिजका सर भिभियन रिर्चड्स र भारतीय विराट कोहलीले समान १ सय १४ इनिङ ५ हजार रन पूरा गरेका थिए । अष्ट्रेलियाका डेविड वार्नरले १ सय १५ इनिङ पाँच हजार रन पूरा गरेका थिए ।

पाँच खेलको सिरिजमा पाकिस्तानले ३–० को अग्रता लिएको छ । पाकिस्तान पहिलो खेलमा ५ विकेट, दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमामा २६ रनले विजयी भएको थियो । अन्तिम खेल आइतबार हुनेछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.