2 years ago
May 4, 2023
एजेन्सी – पाकिस्तानले तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई २६ रनले हराउँदै दुई खेल अगावै सिरिज जितेको छ । पाँच खेलको ओाडिआई सिरिजमा पाकिस्तानले ३–० को अग्रता लिएको छ ।
जितको लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९.१ ओभरमा २ सय ६१ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर टम ब्लन्डेलले ७८ बलमा ७ चौकासहित सर्वाधिक ६५ रन बनाए ।
अर्का ओपनर विल योंग ४१ बलमा ३ चौकासहित ३३, डर्याल मिचेल २१, मार्क च्यापम्यान १३, हेनरी निकोलस १, एडम मिल्ने ३ र हेनरी शिफ्ले ७ रनमा आउट भए ।
कोले म्याककोन्ची ४५ बलमा ६ चौका र २ छक्कासहित ६४ रनमा नटआउट रहँदा टम लाथम ६० बलमा ३ चौकासहित ४५ रनमा आउट भए । पाकिस्तानका शाहिन अफ्रिदी, नसिम शाह र मोहम्मद वासिम जुनियरले समान दुई विकेट लिए ।
त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाए । पाकिस्तानका इमाम उल हकले १ सय ७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ९० रनको योगदान दिए । अर्का ओपनर फखार जमान १९ रनमा आउट भए ।
कप्तान बाबर आजम ६२ बलमा ३ चौका र १ छक्कासहित ५४, अब्दुल्लाह शफिक १९, मोहम्मद रिजवान ३२ र अघा सलमान ३१ रनमा आउट भए । मोहम्मद नवाज ११ र शादब खान २१ रनमा नटआउट रहे ।
न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा २ मेडनसहित ५४ रन खर्चेर ३ विकेट लिए । एडम मिल्नेले १० ओभरमा १ मेडनसहित ५६ रन खर्चेर २ विकेट लिए । पाकिस्तान पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]