default_image

1 year ago

May 2, 2023

शीर्षस्थानको गुजरातमाथि पुछारको दिल्लीको रोमान्चक जित

127 views

0 Bookmark

एजेन्सी – पुछारको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४४ औं खेलमा गुजरात टाइटन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । दिल्लीले तेस्रो जितका साथ प्लेअफ सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन बनाउन सक्यो । गुजरातका कप्तान हार्दिक पान्ड्या ५३ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेननन् ।

गुजरातलाई जितको लागि अन्तिम १२ बलमा ३३ रन चाहिँएको थियो । पहिलो बल एनरिच नोर्कियाले हार्दिक पान्ड्यालाई डट राखे । दोस्रो बलमा दुई रन दिँदा तेस्रो बलमा एक रन दिए । ९ बलमा जितको लागि ३० रन चाहिँएको थियो । राहुल टेवाटियाले अन्तिम तीन बलमा लगातार तीन छक्का हानेपछि अन्तिम ६ बलमा १२ रन चाहिँएको थियो ।

ईशान्त शर्माले पहिलो बल हार्दिक पान्ड्यालाई दुई रन दिए । लगत्तै अर्को बलमा एक रन दिए । तेस्रो बल डट राख्दा चौथो बलमा टेवाटिया राइली रोसोउबाट क्याच आउट भए । पाँचौं बलमा राशिद खानले दुई रन बटुलेका थिए । अन्तिम बलमा जितको लागि ७ रन चाहिँएको थियो । अन्तिम बलमा एक रन दिँदै रोमान्चक जित दिलाए ।

गुजरातका ओपनर ऋद्धिमान शाह र डेविड मिलर डक आउट भए । शुभमन गिल र विजय शंकर समान ६ रनमा आउट भए । राहुल टेवाटिया ७ बलमा ३ छक्कासहित २० र अभिनव मनोहर ३३ बलमा १ छक्कासहित २६ रनमा आउट भए ।

दिल्लीका ईशान्त शर्माले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । खलिल अहमदले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । नोर्कियाको नाममा एक विकेट रह्यो ।

त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । दिल्लीको जितमा अमन खानले ४४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । उनी बाहेक अन्य कुनैपनि खेलाडीले राम्रो गर्न सकेनन् ।

ओपनर फिलिप साल्ट शून्य, डेविड वार्नर दुई, प्रियम गर्ग १०, रायली रोसोउ ८, मनिष पाण्डे १ र रिपल पटेलले २३ रन बनाए । अक्षर पटेल ३० बलमा २ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।

गुजरातका तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएपनि ब्याटिङ नचल्दा टोलीलाई जिताउन सकेनन् । मोहित शर्माले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

दिल्ली ९ खेलमा ३ मा जित र ६ मा हारसहित पुछारमा छ । गुजरात ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.