default_image

1 year ago

May 2, 2023

नेपालको जितका पाँच टर्निङ प्वाइन्ट

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै २१ वर्षपछि एसिया कपमा स्थान बनाएको छ । नेपालले आगमी सेप्टेम्बरमा एसिया कपमा विश्वका दुई शक्तिशाली देश भारत र पाकिस्तानसँग प्रतिस्पर्धा खेल्नेछ ।

जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा ८४ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित थिए । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे । चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । युएईका आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

नेपालको जितमा स्पिनर ललितनारायण राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । युएईलाई हराउँदै एसिया कपमा स्थान पक्का गराउँदा नेपालका जितका पाच प्रमुख टर्निङ प्वाइन्ट यस प्रकार छन् ।

५.वृत्य आउट हुनु

नेपालको जितमा युवा ब्याटर वृत्य अरविन्दको विकेट एउटा ठूलो टर्निङ प्वाइन्ट रह्यो । यस प्रतियोगितामा सर्वाधिक रन बनाउँदै उत्कृष्ट ब्याटर चुनिएका वृत्य करण केसीको पाँचौं ओभरको पाँचौं बलमा एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए । वृत्य आउट भएपछि युएई पुरै खेलमा हाबी बनेको थियो ।

वृत्यको नेपालविरुद्ध इतिहास पनि राम्रो थियो । चाहेँ त्यो गतवर्ष टि२० विश्वकप सेमिफाइनलमा होस् वा अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा । लिग २ को अन्तिम खेलमा नेपालविरुद्ध ९४ रन बनाउँदै विशाल योगफलको आधार तय गरेका थिए ।

वृत्य क्रिजमा टिकेपछि ठूलो इनिङ खेल्ने गर्दछन् । उनले कुवेतविरुद्ध १ सय ८५ र सिंगापुरविरुद्ध १ सय ७५ रनको शतकीय इनिङ खेलेका थिए । उनले आफू टिक्दै आउने ब्याटरलाई पनि खेल्न सहज बातावरण बनाउन सक्थे । युएईका प्रमुख र भरपर्दा ब्याटर हुँदा उनी आउट हुँदा टोलीको मनोबलमा पनि असर पर्यो । वृत्यको विकेट नेपालको जितको एक टर्निङ प्वाइन्ट थियो ।

४.ललितको दुई विकेट

युएईका आसिफ खान एक उत्कृष्ट फिनिसर हुन् । अघिल्लो महिना नेपालविरुद्ध ४१ बलमै शतक हानेका थिए । यस खेलमा पनि उनले एकतर्फबाट इनिङ सम्हाल्ने प्रयास गरेका थिए ।

तर २८ औं ओभरको तेस्रो बलमा ललितले आसिफ खानलाई ४६ रनमा फस्ट स्लिपमा रहेका आरिफ शेखबाट क्याच गराउँदै पेभेलिएन फर्काए । आसिफ आउट भएसँगै युएईको अन्तिम आशा पनि समाप्त भएको थियो ।

लगत्तै अर्को बलमा जहुर खान क्याच आउट भए । आसिफ क्रिजमा टिकेको भए एक्लै राम्रो योगफलमा पुर्याउन सक्थे । त्यसैले उनको विकेट नेपालको जितको एक टर्निङ प्वाइन्ट बन्यो ।

३. गुलशनलाई तेस्रो नम्बरमा पठाउने निर्णय

नेपालले युवा अलराउन्डर गुलशन झालाई तेस्रो नम्बरमा पठाउने निर्णय जितको अर्को टर्निङ प्वाइन्ट थियो । पिचमा खेल्न सहज थिएन । बल टर्न भएको थियो । युएईले सुरुवाती १८ ओभर स्पिनर लगाएको थियो । सामान्य लक्ष्य पछ्याएपनि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन ।

स्पिनर रोहन मुस्ताफले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई एलबीडब्लू आउट गरे । मुख्य प्रशिक्षक मोन्टि देशाई र कप्तान रोहित पौडेलले गुलशनलाई झालाई तेस्रो नम्बरमा पठाए । एक समय २२–३ को अवस्थामा पुगेको नेपाललाई गुलशनले ८४ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविाजित रहँदै खेल जिताए ।

युएईले सुरुवात देखिनै बायाँ हाते दुई स्पिनर रोहन मुस्तफा र आयन खानलाई लगाएको थियो । गुलशन बायाँ हाते ब्याटर हुँदा खेल्न निकै सहज पनि भयो । लेगस्पिनर कार्तिक मयाप्पनलाई गुलशनले एकै ओभरमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । युएईको स्पिनरविरुद्ध नेपालले रणनीतिक हिसाबमा गुलशनलाई पठाउने निर्णय जितको एक आधार थियो ।

२. वासिमको विकेट

युएईका कप्तान मोहम्मद वासिमको विकेटले योगफल निर्धारण गर्दथ्यो । वासिम विष्फोटक ब्याटर हुन् । उनी जति धेरै टिक्थे त्यतिनै नेपाललाई घाटा लाग्ने पक्का थियो । उनी क्रिजमा केहि समय लिएपछि मैदानमा चौका र छक्काको वर्षा नै गराउँछन् ।

ठूला ठूला सटको लागि माहिर छन् । वासिमले सिंगापुरविरुद्ध ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनको इनिङ खेलेका थिए । वासिमले आफ्नो शैलीको क्रिकेट खेल्न थालेका थिए । तर चोभार एण्डबाट आएका सोमपाल कामीले तेस्रो ओभरको पहिलो बलमै वासिमलाई गल्लीमा ललितबाट ११ रनमा क्याच गराएका थिए ।

वासिमको त्यो विकेटले नै नेपालको जितको आधार तय गरि सकेको थियो । वासिम आउट भएपछि युएई पूर्णरुपमा दबाबमा परेको थियो ।

१. टस जित्नु

नेपालको जितमा सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट थियो । तीन दिनदेखी लगातार वर्षा भएको थियो । पिचमा बल टर्न भएको थियो । त्यहिँ पिचमा नेपाल कतारसँग १ सय ५७ रनमा अल आउट थियो ।

सोमबार र मंगलबार पानी पर्ने र रोकिनेको कुनै टुङ्गो थिएन । त्यसैले पहिला ब्याटिङ गर्ने टोलीलाई निकै कठिन हुने अनुमान गरिएको थियो । यस अघि प्रतियोगिता सबै चार खेलमा टस हारेपनि नेपालका कप्तान रोहित पौडेलले निर्णाय खेलमा टस जितेका थिए ।

उक्त पिचको फाइदा उठाउँदै नेपालले युएईलाई सस्तैमा अल आउट गर्यो । पहिला नेपालले ब्याटिङ गरेको भएपनि कम योगफलको जोखिम त्यतिनै थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.