default_image

1 year ago

May 2, 2023

‘भारत र पाकिस्तानसँग खेलेपछि नेपाललाई विश्वले हेर्छ र चिन्छ’- रोहित

292 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेपछि नेपाललाई विश्वले हेर्ने, चिन्ने र विदेशी फ्रेन्चाइज लिगमा खेलाडीलाई अवसरको बाटो खुल्ने बताएका छन् ।

एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनायो । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा छन् ।

‘एसिया कपमा पुग्दा एकदमै खुसी लागेको छ । प्रतियोगिता अघि हामीले जे सोचेका थियौं त्यसै अनुसार नतिजा पनि आयो । हाम्रो जुन प्रक्रिया थियो त्यसलाई पछ्याएर र विश्वास गरेर सबै जनाले त्यसलाई काम गरेर खुसी लागेको छ’, एसिया कपमा पुगेपछि कप्तान रोहितले भने ।

नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । रोहितले सानैदेखी भारत र पाकिस्तानको खेल हेरेको हुँदा एसिया कप निकै महत्वपूर्ण हुने बताए । ‘भारत र पाकिस्तानसँग खेल्नु भनेको हाम्रो लागि एकदमै ठूलो अवसर हो । त्यो ठाउँमा गएर भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नु एकदमै गर्वको कुरा हो । कप्तान र टिमको हिसाबले एकदमै खुसी लागेको छ’, रोहितले भने ।

फाइनल सोमबार सुरु भएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई सोमबार २७.३ ओभरमा १०६-९ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । मंगलबार युएईलाई सस्तैमा अल आउट गर्न नेपालले एक विकेट लिनुपर्ने हुन्थ्यो । रोहित यो टु डे शैली किसिमको रहेको बताए ।

‘हामीले धेरै जस्तो टु डे क्रिकेट खेलेका छैनौं । यो टु डे शैली किसिमको थियो । मोन्टि सरले बिचारलाई जतिसक्यो कम गेर अर्को खेलमा जाने बताउनु भएको थियो । धेरै सोच्न थाल्यो भने रातीनै धेरै बिग्रिन सक्छ । सरले त्यो भनेपछि सबै जना आनन्दमा थिए’, उनले भने ।

नेपालले जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याउँदा ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरमै एक रनमा गुमाएपछि गुलशन झालाई तेस्रो नम्बरमा ब्याटिङमा पठाएका थिए । गुलशनले ८४ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनको अविजित इनिङ खेल्दै जितका आधार तय गरेका थिए ।

रोहित विकेट अनुसार निर्णय लिएको बताए । ‘विकेट हामीलाई थाहा थियो । अन्तिम खेल पनि यसैमा खेलेका थियौं । बल टर्न पनि भएको थियो । प्रतियोगिताभर खेलेका पनि छौं । अन्त्य तिर पिच केहि कठिनपनि हुन्छ । त्यसैले गर्दा गुलशनलाई टिममा लिएर आएको हो । हामीलाई उताबाट बायाँ हाते स्पिनर आउँछ भन्ने थाहा थियो । उनीहरुले राम्रो पनि गरेका थिए । बायाँ हाते स्पिनरविरुद्ध खेल्छ भनेर ल्याएका थियौं । मलाई लाग्छ गुलशनले एक उत्कृष्ट इनिङ खेले’, रोहितले भने ।

रोहितले अव नेपाललाई सबैले चिन्ने बताए । ‘अव नेपाललाई सबैले चिन्छ । नेपालले पनि क्रिकेट खेल्छन् । त्यो स्तरमा नखेलेको ८ वर्ष नै भएको थियो । यो भर्खर सुरुवात भएको छ । आगमी दिनमा अझै राम्रो हुन्छ’, उनले भने ।

नेपालले २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकप खेलेको थियो । त्यसले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुगेको थियो । ‘२०१४ को विश्वकपबाट हामी सबै प्रभावित भएका थियौं । पारस, ज्ञानेन्द्रदाई सबैलाई टिभीमा हेरेर प्रभावित भएका थियौं । अवको एसिया कपले पनि धेरैलाई प्रभावित पार्छ । मलाई त्यस्तो अनुभव हुन्छ । अव त्यहिँ हो अव त्यहाँ गएर राम्रो क्रिकेट खेल्यौ भने धेरैले पछ्याउँछन्’, उनले भने ।

रोहितले भारत र पाकिस्तानसँग खेलेपछि सबैले हेर्ने बताए । ‘यो एकदमै राम्रो अवसर हो । राम्रो टिमसँग खेल्यो भने सबैले हेर्छन । भारत र पाकिस्तानसँग खेल खेलेपछि पुरै विश्वले हेर्छ । त्यहाँ गएर प्रदर्शन गर्यो भने सबैले चिन्छ । त्यहाँ गएर राम्रो खेलेपछि ब्यक्तिगत रुपमा खेलाडीहरुले पनि फ्रेन्चाइज लिगहरुमा मौका पाउँछन्’, रोहितले भने ।

रोहितले दर्शकलाई एकदमै सम्मान गर्ने बताए । ‘मलाई एकदमै सम्मान लाग्छ । पानीमा आएर जबसम्म खेल सकिदैन तबसम्म बस्नु । त्यो एकदमै गाह्रो काम हो । हामीलाई माया गरि राख्नु भएको छ । सबैलाई धन्यावाद भन्छु’, उनले भने ।

नेपाल २००२ मा पनि एसिया कपमा छनोट भएको थियो । तर भारत र पाकिस्तानको आन्तरिक राजनीतिको कारण एसिया कप नै त्यो वर्ष हुन सकेको थिएन । यस पटक पनि यी दुई देशको कारण एसिया कप नहुने डर छ । रोहित खेल हुनुपर्ने बताए ।

‘हामीलाई त यो एउटा अवसर हो । खेल खेल्नुपर्नेछ । खेल होस् । भारत, पाकिस्तान, युएई जहाँ भएपनि खेल होस् । यति धेरै मिहिनेत गरेका छौं । खेल भएको एकदमै राम्रो हो’, उनले भने ।

मोन्टि देशाई नेपालमा मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले १७ मध्य १६ खेल जितेको छ । नेपालले जति धेरै राम्रो स्तरमा खेल्यो त्यतिनै राम्रो गरेको छ । एसिया कपमा रोहित क्यानबाट खेलाडीमा लगानी गर्ने आशा गरेको बताए ।

रोहित यो जितको श्रेय मोन्टि देशाईलाई जाने बताए । ‘यो खेलाडीको मिहिनेत हो । खेलाडीले दुई वर्षदेखी मिहिनेत गरेको छ । एक वर्षदेखि नतिजा आएको थिएन । अहिले नतिजा आएको छ । यसको श्रेय मोन्टि देशाईलाई जान्छ । ड्रेसिङ रुममा जसरी राख्नु भएको छ । त्यसले खेलमा एकदमै प्रभाव पार्छ’, रोहितले भने ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.