1 year ago
May 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको छ । मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको हो । नेपालले पहिलो पटक सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो ।
सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो । त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने गर्दथे । उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । नेपाल एसिया कपमा पुगेपनि प्रतियोगितानै हुन सकेको थिएन ।
भारत र पाकिस्तानसँगको आन्तरिक विवादको कारण त्यो वर्ष एसिया कप नै हुन रद्द भएको थियो । त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन । त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन ।
एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीको रुपमा एसिसीले आयोजना गर्ने गर्दछ ।
October 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]
October 18, 2024
एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]