2 years ago
May 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युएईका स्पिनर रोहन मुस्तफा र नेपालका आसिफ शेखबीच टियु क्रिकेट झगडा भएको छ । एसिसी प्रिमियर कपको फाइनल खेलमा जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै २२ रन बनाएको छ ।
मुस्तफा र आसिफबीच चौथो ओभरको तेस्रो बलमा भनाभन भएको हो । चोभार एण्डबाट बलिङमा आएका मुस्तफाले नन स्ट्राइकमा भएका आसिफलाई केहि भनेपछि भनाभन सुरु भएको थियो । आसिफ आक्रोश हुँदै मुस्तफासँग कुरा गरेका थिए । यी दुई खेलाडीबीच केहि समय भनाभन भएको थियो । युएईका कप्तान मोहम्मद वासिमले आसिफ शेखलाई समाउदै केहि सम्झाई बुझाई गरेका थिए । अम्पायरले दुबै खेलाडीलाई झगडा नगर्न भनेका थिए ।
स्पिनर आयन खानको सातौं ओभरको पहिलो बलमा आसिफ ८ रनमा एलबीडब्लू आउट भए । तर आसिफ पेभेलिएन फर्किनेक्रममा वृत्यसँग पुन झगडा परेको थियो । युएईका स्पिनर आयन खानले आसिफलाई सम्झाउँदै पेभेलिएन फर्किन सुझाव दिएका थिए । आसिफले हात देखाउँदै युएईका वृत्यसँग पुन आक्रोश ब्यक्त गरेका थिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भयो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो ।
खेल स्थगित भएपछि मंगलबार त्यहिँ अवस्थाबाट खेल सुरु भएको थियो । मंगलबार युएईले १५ औं बलमा रनको खाता खोलेको थियो । अन्तिम विकेटको रुपमा जुनैद सिद्दिक १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । युएईका आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।
नेपालका स्पिनर ललितनारायण राजवंशीले ७.१ ओभरमा २ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस खेलको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]