2 years ago
May 2, 2023
एजेन्सी – ब्याटिङमा सामान्य प्रदर्शन गरेपनि बलरको सानदार बलिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४३ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ।
जितको लागि १ सय २७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको लखनऊ १९.५ ओभरमा १ सय ८ रनमा अल आउट भयो । लखनऊका कृष्णाप्पा गौतमले १३ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २३ रन बनाए । ओपनर काइल मेयर्स डक, आयुष बदोनी ४, क्रुनाल पान्ड्या १४, दीपक हुँडा १, मार्कस स्टोइनिस १३, निकोलस पुरन ९, रवि विश्रोई ५, अमित मिश्रा १९ र नविन उल हकले १३ रन बनाए ।
बेंगलोरका जोश हेजलवुडले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कर्ण शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा र हर्षल पटेलले समान एक विकेट लिए ।
त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रन बनायो । बेंगलोरका फाफ डु प्लेसिसले ४० बलमा १ चौका र १ छक्कासहित ४४ रन बनाउँदै खेलको प्लेयर अफ द म्याच चुनिए ।
विराट कोहलीले ३० बलमा ३ चौकासहित ३१ रन बनाए । पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले ९ ओभरमा ६२ रनको साझेदारी गरेका थिए । तर मध्यक्रमका ब्याटर भने लगातार आउट भए । अनुज रावत ९, ग्लेन म्याक्सवेल ४, सुयश प्रभुदेशाई ६, दिनेश कार्तिक १६ र महिपाल लोमरोर ३ रनमा आउट भए ।
लखनऊका नविन उल हकले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । रवि विश्रोईले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अमित मिश्राले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ । लखनऊ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]